नेसपा (नयाँ शक्ति) प्रथम महाधिवेशन
नेसपा (नयाँ शक्ति) को अयोजक समिति भंग, पाँच सदस्यीय अध्यक्ष मण्डल गठन
आइतबार, २७ माघ २०८१, १६ : ५८
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) ले महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष मण्डल गठन गरेको छ । आइतबार प्रज्ञाभवन कमलादीमा सुरु भएको बन्दसत्रमा आयोजक समिति भंग गरी भक्तबहादुर शाह, दुर्गा सोव, सृजना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कर्मी रहेको अध्यक्ष मण्डल गठन भएको केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले जानकारी दिए ।
बन्दसत्रमा निवर्तमान अध्यक्ष डा.बाबुराम भट्टराइले पेस गरेको ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक प्रतिवेदनबारे समुहगत छलफल हुने उनले जानकारी दिए । बन्दसत्रले ११ पदाधिकारी, ९९ सय सदस्य केन्द्रीय समिति चयन गरी २९ गते सम्पन्न हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण