‘टिकटक किन्ने मस्कको कुनै योजना छैन’
वासिङ्टन डिसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्क पछिल्लो समय निकै चर्चामा छन् । एक त विश्वको सबैभन्दा धनी व्यक्ति । टेस्ला, एक्स, स्पेशएक्स समेत आधा दर्जन कम्पनीका मालिक र सीईओ पनि छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन् । आफ्नो ट्विटर र अभिव्यक्तिका कारण पनि उनी बेला बेलामा भाइरल भइरहन्छन् ।
यसैबिच मस्कले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकबारे अभिव्यक्ति दिएका छन् । केही अघि मस्कले टिकटक किन्न सक्ने हल्ला सुन्नमा आएको थियो । तर मस्कले आफू टिकटकको बोलकबोलको दौडमा नरहेको र आफूले टिकटक किनेँभने के गरौंला भन्ने कुनै सोच नभएको बताएका छन् ।
उनले यस्तो अभिव्यक्ति जनवरी २८ मा बोलेका हुन् । तर उक्त भिडियो शनिबार मात्रै रिलिज गरिएको थियो । जनवरी २० मै टिकटकमाथि प्रतिबन्ध लाग्दै थियो । तर ट्रम्पको अनुकम्पाका कारण प्रतिबन्ध ७५ दिन पछाडि धकेलिएको छ ।
गैरचिनियाँ क्रेतालाई टिकटक बेच्न यो समयावधि दिइएको हो । अहिलेसम्म माउ कम्पनी बाइटडान्सले टिकटकलाई बेच्ने कुनै योजना बनाएको छैन । तर, केही लगानीकर्ताहरूले सार्वजनिक रुपमा भने कम्पनी किन्ने चासो देखाएका छन् ।
यसमा चर्चित युट्यूबर मिष्टर बिष्ट, शार्क ट्याङ्क स्टार केभिन ओ’लिरी र लस एञ्जलस डजर्सका पूर्व मालिक फ्र्याङ्क म्याककोर्टको नाम पनि छ । मस्कलाई टिकटकको सम्भावित क्रेता ठानिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण