खेलकुदमा उच्छृङ्खलतालाई छुट छैन : मन्त्री चौधरी
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा उच्छृङ्खल गर्ने छुट कसैलाई नभएको बताएका छन् । यही माघ २५ गते केही अराजक समूहले राखेपका सदस्य सचिवको कार्यकक्षमा गरेको अभद्र व्यवहारका विषयमा बोल्दै मन्त्री चौधरीले जो कोही भए पनि कानुनी कारबाही गराई छाड्ने प्रतिबद्धता जनाएका छन् ।
उक्त घटनाका विषयमा जानकारी लिन परिषद् पुग्नु भएका मन्त्री चौधरीले खेलकुद अनुशासनको पर्याय हो भन्दै चित्त नबुझेका विषयमा छलफल गर्न सकिने तर बोर्डले गरेका निर्णय कार्यान्वयन गर्ने र गराउन आफू पछि नहट्ने समेत बताउनु भएको छ ।
सोही अवसरमा मन्त्री चौधरीसँगै राखेपका उपाध्यक्ष ध्रुव आचार्यको पनि उपस्थिति थियो । आचार्यले गलत क्रियाकलाप गर्नेहरूलाई नियमानुसार कारबाही हुनु पर्ने बताए ।
त्यस अवसरमा परिषद्का विभिन्न विभागीय प्रमुखहरूका तर्फबाट उच्छृङ्खल क्रियाकलाप गर्ने व्यक्तिलाई कारबाही गराउन आवश्यक पहल लिइदिन मन्त्री चौधरीलाई ज्ञापन पत्र समेत बुझाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण