बजारमा आएको भन्दा भिन्न फिल्म बनाएको छु- सलोन बस्नेत
काठमाडौंँ । अभिनेता सलोन बस्नेतले पहिलेभन्दा केही फरक काम गर्न फिल्म निर्माण गरेको बताएका छन् । ‘रंगी’ बजारमा आएको भन्दा भिन्न फिल्म भएको उनको भनाइ थियो ।
‘म फिल्ममै हुर्किएकोले आगामी समयमा केही फरक काम गरौँ भन्ने छ’, उनले भने, ‘फिल्म निर्माण मार्फत फरक फरक काम गर्नेछु ।’
‘रंगी’ सलोनको निर्माणमा डेब्यु फिल्म हो । फिल्म सफल बनाउन उनले निकै मिहिनेत गरिरहेकाे पनि बनाएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म सफल बनाउन प्रचारमा ध्यान दिनुपर्ने आफूले बुझेको उनको भनाइ थियो ।
‘फिल्म बनाउनुसँगै दर्शकसम्म सूचना पुर्याउन आवश्यक छ’, उनले थपे, ‘त्यो पक्षलाई ध्यान दिनु आवश्यक रहेको मैले महसुस गरेँ।’ उनले यो फिल्म बुबाछोरीको कथा भएको खुलाए ।
उनले छोरीको जन्मपछि सान्भी इन्टरटेनमेन्ट प्रालि स्थापना गरेर फिल्म निर्माण गरेका हुन् । ‘रंगी’ ले सेन्सर बोर्डबाट ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । फिल्मको पोस्टर, टिजर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रियाप्रति निर्माण समूह खुसी भएको उनको भनाइ थियो।
आगामी फागुन २ गते रिलिज हुने फिल्म सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । न्यौपानेको यो निर्देनमा ‘डेब्यु’ फिल्म हो । फिल्ममा सलोनको अलवा नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण