सुन्दरहरैँचामा माघ ३० गतेदेखि विराट एक्स्पो हुने
विराटनगर । मोरङको सुन्दरहरैँचामा फेरि विराट एक्स्पो हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने यो एक्स्पोको चौथो संस्करण माघ ३० गतेदेखि फागुन १० गतेसम्म सुन्दरहरैँचा–१० स्थित विराटचौकमा सञ्चालन हुनेछ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो आयोजक समितिका संयोजक एवं सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष भोलेश्वर दूलालले नगर क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पो आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार आठवटा सार्वजनिक शौचालय निर्माणको लागि १५ करोड ६२ लाखको डिपीआर तयार भएको छ । हालसम्म विराटचौक र सलकपुरमा दुईवटा शौचालय सञ्चालनमा आइसकेका छन् भने खोर्साने र हरैँचामा निर्माणको अन्तिम चरणमा पुगेका छन् । बाँकी चारवटा शौचालय निर्माणका लागि रकम जुटाउन यो एक्स्पो आयोजना गर्न लागिएको हो ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले एक्स्पो आयोजनामा ४ करोड रुपैयाँ खर्च हुने र करिब तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको बताए ।
एक्स्पोमा १९४ वटा स्टल रहनेछन्, जसमध्ये औद्योगिक सामग्रीका ११४, कृषि तथा घरेलु सामग्रीका ४०, अटोमोबाइल्सका १५, होटलका १६ र मुख्य प्रायोजकका ९ वटा पेभिलियन समावेश छन् । एक्स्पो सफल बनाउन ५०१ सदस्यीय मूल समारोह समिति र १९ वटा उपसमिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण