एकीकृत समाजवादी निकट अनेरास्ववियूमा विवाद, समानान्तर कमिटी घोषणा गर्ने चेतावनी

काठमाडौँ । नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गर्ने चेतावनी दिएको छ ।
गत शुक्रबार संगठनको केन्द्रीय कार्यालयमा संगठनका महासचिव महेश श्रेष्ठको अध्यक्षतामा घोषण भएको नयाँ नेतृत्वप्रति पदाधिकारी र प्रदेश अध्यक्षहरूले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन् ।
उनीहरूले देशै भरिका संगठनका निष्ठावान् नेता तथा कार्यकर्ताको संगठन प्रतिको चिन्ता र चासोलाई मध्यनजर गर्दै जतिसक्दो चाँडो केन्द्रीय कमिटी घोषणा गर्ने विज्ञप्तिमार्फत जनाएका छन् ।
‘हाम्रो विश्वास र भरोसा विपरीत संगठनको केन्द्रीय कार्यालयको बैठकबाट अत्यन्त अलोकतान्त्रिक, स्वेच्छाचारी, निरङ्कुश, हठ र गुटगत मानसिकताका साथ नेतृत्व चयन गरिएको दाबी प्रति हामी घोर आपत्ति व्यक्त गर्दछौँ । संगठनलाई सामूहिकतामा प्रवेश गर्न नदिने र झन् सङ्कीर्ण जडतामा कैद गर्ने यस्तो निर्णय शत प्रतिशत गलत भएको हाम्रो सामूहिक निष्कर्ष छ,’ १७ असन्तुष्ट नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह