एकीकृत समाजवादी निकट अनेरास्ववियूमा विवाद, समानान्तर कमिटी घोषणा गर्ने चेतावनी
काठमाडौँ । नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गर्ने चेतावनी दिएको छ ।
गत शुक्रबार संगठनको केन्द्रीय कार्यालयमा संगठनका महासचिव महेश श्रेष्ठको अध्यक्षतामा घोषण भएको नयाँ नेतृत्वप्रति पदाधिकारी र प्रदेश अध्यक्षहरूले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन् ।
उनीहरूले देशै भरिका संगठनका निष्ठावान् नेता तथा कार्यकर्ताको संगठन प्रतिको चिन्ता र चासोलाई मध्यनजर गर्दै जतिसक्दो चाँडो केन्द्रीय कमिटी घोषणा गर्ने विज्ञप्तिमार्फत जनाएका छन् ।
‘हाम्रो विश्वास र भरोसा विपरीत संगठनको केन्द्रीय कार्यालयको बैठकबाट अत्यन्त अलोकतान्त्रिक, स्वेच्छाचारी, निरङ्कुश, हठ र गुटगत मानसिकताका साथ नेतृत्व चयन गरिएको दाबी प्रति हामी घोर आपत्ति व्यक्त गर्दछौँ । संगठनलाई सामूहिकतामा प्रवेश गर्न नदिने र झन् सङ्कीर्ण जडतामा कैद गर्ने यस्तो निर्णय शत प्रतिशत गलत भएको हाम्रो सामूहिक निष्कर्ष छ,’ १७ असन्तुष्ट नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण