नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक सहित कर्मचारी
काठमाडौँ । नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक, नर्स सहित विभिन्न कर्मचारी माग गरेको छ । एक सूचना प्रकाशित गरी कलेजले विशेषज्ञ स्वास्थ्य प्राविधिक जनशक्ति माग गरेको हो ।
सूचना अनुसार कलेजले कार्डियोलोजी, न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, न्यूरो सर्जरी लगायतका विषयमा विशेषज्ञ चिकित्सक माग गरेको छ । सम्बन्धित विषयमा एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पुरा गरेकाहरूले माघ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् । प्रकाशित सूची अनुसार कलेजले नाक कान घाँटी, फरेन्सिक मेडिसिन, फिजियोलोजी, स्टाफ नर्स, ओरल मेडिसिन तथा रेडियोलोजी, फिजियोथेरापिस्ट तथा हेमोडायलाइसिस टेक्निसियन माग गरिएको छ ।
कलेजले अस्पताल तथा सम्बन्धित विषयमा अनुभव हासिल गरेकाहरूलाई प्राथमिकता दिने जनाएको छ । इच्छुक उम्मेदवारले आफ्नो व्यक्तिगत बायोडाटा इमेल मार्फत पठाउनु पर्नेछ । योग्यता पुगेका उम्मेदवारलाई कलेज प्रशासनले अन्तरवार्ताका लागि बोलाउने छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन थप जनशक्तिहरू माग गरिएको कलेजले जनाएको छ ।
_FTZF0b3Hrq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण