आयुर र दीक्षान्तलाई १२औँ स्पिड पावर तेक्वान्दोमा स्वर्ण
काठमाडौँ । नेपालका आयुर ढकाल र दीक्षान्त लामिछानेले मलेसियामा भएको १२औँ स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
मलेसियाको क्वालालम्पुरमा भएको च्याम्पियनसिपमा आयुर र दीक्षान्तको स्वर्णसहित नेपालले कुल सात पदक जित्यो । दुवै स्वर्ण नेपालले पुम्सेमा जितेको हो । आयुरले ९ देखि ११ वर्ष उमेर समूहमा र दीक्षान्तले १२ वर्षमुनि उमेर समूहमा स्वर्ण पदक जितेका हुन् । आयुरले झापाको मेची तेक्वान्दो डोजाङ र दीक्षान्तले हात्तिवन तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् ।
नेपालले समान तीन रजत र कांस्य पदक पनि जित्यो । रिप्सना घिमिरे ग्योरोगीतर्फ महिला ४१ केजीमुनि रजत पदक जित्न सफल भएकी हुन् । अर्को रजत पदक भने द सेलिब्रेसन को–एडका जेमोस मगरले पुम्से ९ वर्षमुनि उमेर समूहमा ल्याए ।
ग्योरोगीतर्फ सिनियर पुरुष ५८ केजी तौल समूहमा राकेश सापकोटाले रजत पदक जिते । फाइटतर्फ नै असीम श्रेष्ठले ३७ केजीमुनि तौल समूहमा कांस्य जिते । लिरिक्स फुयाँलले ९ देखि ११ वर्ष उमेर समूहको एकल पुम्सेमा कांस्य पदक जितेका हुन् ।
उक्त च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ, मुना खवास मगर र बब्लु सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विजेता खेलाडी तथा अफिसियललाई मलेसियास्थित नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले सम्मान गरेको नेपाली टोलीका सदस्य विमल रोकायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण