एमाले निकट मेनपावर व्यवसायीले पेलेको भन्दै व्यवसायीले थाले हस्ताक्षर अभियान
काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरूबिच विवाद सुरु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचन सरेसँगै मेनपावर व्यवसायीहरूबिचको विवाद बढेको हो ।
विशेषगरी सङ्घमा नेकपा एमाले निकट व्यवसायहरूको वर्चस्व छ। जसले गर्दा फागुन ५ गतेका लागि तय भएको सङ्घको निर्वाचन अनिश्चितकालका लागि सारेको अन्य व्यवसायीहरूको आरोप छ।
सङ्घको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट व्यवसायीहरूले संयुक्त रूपमा चुनाव लड्न प्यानलको घोषणा गरेका थिए। तर अन्तिम समयमा आएर निर्वाचनको मिति सरेपछि उनीहरूले सङ्घका अध्यक्षसहित एमाले निकटका व्यवसायीले एकाधिकार लाद्न खोजेको आरोप लगाएका छन्।
नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले हस्ताक्षर सङ्कलन अभियान सुरु गरेको छ। सङ्घको विधान अनुसार सङ्घका २५ प्रतिशत सदस्यहरूले हस्ताक्षर गरेर साधारणसभा मागका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिन्छ। र उचित कारण लागेको खण्डमा जिल्ला प्रशासन कार्यालयले साधारण सभा गर्न निर्देशन दिन सक्नेछ।
त्यसका लागि हस्ताक्षर सङ्कलन अभियान थालिएको मञ्चका महासचिव कुन्छा दोर्जे डिम्दोङले बताए । अहिले सङ्घको निर्वाचन सार्नुपर्ने कुनै कारण नभएको बताउँदै साधारण सभा माग गर्नका लागि हस्ताक्षर अभियान सुरु गरिएको बताए।
‘के को लागि साधारण सभाको मिति सारिएको हो भन्ने कुनै कारण छैन। उनीहरूले भनेका कुनै पनि कारण होईनन। त्यतिकै कारणविनै सारिएपछि हामीले हस्ताक्षर सङ्कलन अभियान थालेका हौँ,’ डिम्दोङले भने।
सङ्घको कार्यकाल एक महिना अघि नै सकिएको, यसअघि पनि साधारण सभा गर्न नसकेको जस्ता आरोप विपक्षी व्यवसायीहरूले लगाउँदै आएका छन्। हाल सङ्घको अध्यक्ष एमाले निकट व्यवसायीबाट निर्वाचित भएका हुन भने महासचिव नेपाली कांग्रेस निकट व्यवसायीबाट निर्वाचित भएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण