मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
मङ्गलबार, २९ माघ २०८१, १३ : ४९
काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै रास्वपा सांसद अशिम शाहले उक्त विषयमा आवाज उठाएका हुन् ।
‘सरकारले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेन। पारदर्शिताको नारा घन्काउनेहरू किन मौन छन्‚’ उनले भने । सांसद शाहले मन्त्रीहरूले कहिले सम्पत्ति विवरण सार्वजनिक गर्ने सोच राखेको छ भन्दै प्रश्न गरे ।
‘मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारको फाइल खुल्ने आश गर्नु बेकार हो त ? तुरुन्त सम्पत्ति विवरण सार्वजनिक गरोस्‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण