इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया

काठमाडौँ । ईसेवा मोबाइल वालेटले एटीएम ‘विथड्र’ सेवा विस्तार गरेको छ । यो सेवाअनुसार प्रयोगकर्ताहरूले एनआईसी एशिया बैंकको एटीएमबाट पैसा निकाल्न सक्नेछन् । यस अघि एभरेष्ट बैंकमार्फत मात्रै प्रदान गर्दै आएको यो सुविधा इसेवाले एनआईसी एशियामा पनि विस्तार गरेको हो ।
यसका लागि इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा एपमा गई ‘ओटीपी’ प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसपछि एटीएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ । पहिलो चरणमा प्रयोगकर्ताले इसेवाको ‘फाइनान्सियल सर्भिस’भित्र रहेको एटीएम ‘विथड्र’मा गई एनआईसी एशिया बैंक छनोट गरेर आवश्यक विवरण राखेर प्रक्रिया पूरा गर्नुपर्नेछ ।
प्रक्रिया पूरा भएपछि इसेवामा दर्ता गरिएको मोबाइल नम्बरमा ‘ओटीपी’ आउने छ । जुन प्रयोगकर्ताहरूले एटीएम टर्मिनलमा पुष्टि गर्नुपर्ने इसेवाले जनाएको छ । यसरी मोबाइल नम्बर र ‘ओटीपी’सहितका विवरणहरू एटीएम मेसिनमा प्रमाणीकरण भएपछि मात्र प्रयोगकर्ताहरूले नगद निकाल्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश