प्रतिपक्षी दलद्वारा संसद् अवरोध

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । संसद् नियमावली अनुसार नचलेको भन्दै उनीहरूले उठेर विरोध गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेपछि रास्वपा सांसद गणेश पराजुलीले नियमापत्ति गरेका थिए । आकस्मिक र शून्य समय सकिएपछि खतिवडालाई बोल्न दिएको भन्दै उनले आपत्ति गरेका थिए ।
उनले कुन पद्धतिअनुसार खतिवडालाई बोल्न दिएको भन्दै प्रश्न गरे । यो खुलाउन नसके उनको भनाई रेकर्डबाट हटाउन माग गरे ।
यता, उपसभामुख इन्दिरा रानाले भने आकस्मिक समयमा खतिवडालाई बोल्न दिन बिर्सेकाले अहिले बोल्न दिएको बताइन् । उनले यसबारे अध्ययन गरेर निर्णय गर्न संसद् सचिवालयलाई निर्देशन पनि दिइन् ।
त्यसपछि प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । पछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरिएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
सरकारसँगको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको आपत्ति
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल