प्रतिपक्षी दलद्वारा संसद् अवरोध
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । संसद् नियमावली अनुसार नचलेको भन्दै उनीहरूले उठेर विरोध गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेपछि रास्वपा सांसद गणेश पराजुलीले नियमापत्ति गरेका थिए । आकस्मिक र शून्य समय सकिएपछि खतिवडालाई बोल्न दिएको भन्दै उनले आपत्ति गरेका थिए ।
उनले कुन पद्धतिअनुसार खतिवडालाई बोल्न दिएको भन्दै प्रश्न गरे । यो खुलाउन नसके उनको भनाई रेकर्डबाट हटाउन माग गरे ।
यता, उपसभामुख इन्दिरा रानाले भने आकस्मिक समयमा खतिवडालाई बोल्न दिन बिर्सेकाले अहिले बोल्न दिएको बताइन् । उनले यसबारे अध्ययन गरेर निर्णय गर्न संसद् सचिवालयलाई निर्देशन पनि दिइन् ।
त्यसपछि प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । पछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरिएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण