अरिजित सिंहको स्कुटरमा रमाए बेलायती पप गायक शीरन
नयाँ दिल्ली । बेलायती पप गायक एड शीरन यतिबेला भारतमा रमाइरहेका छन् ।
हालै उनी भारतका चर्चित गायक अरिजित सिंहको स्कुटरमा चढेर हिँडिरहेको देखिएका थिए । अरिजितले शीरनलाई गृहनगर पश्चिम बंगालको मुर्सिदाबादस्थित जियागञ्जमा आफ्नो स्कुटरमा घुमाएका थिए ।
दुवै गायकहरू एउटै स्कुटरमा हुँइकिएका भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ । उक्त भिडियोमा उनी पूरै मस्तीमा यात्राको आनन्द लिइरहेको देखिन्छन् । आफ्नो सुरक्षा टोली छोडेर अरिजितसँग उनी डुंगामा पनि रमाइरहेका देखिए ।
प्रहरीले बेंगलुरुमा सडक कार्यक्रमहरूमा प्रतिबन्ध लगाएपछि शीरन पश्चिम बंगालमा अरिजित सिंहसँग देखापरेका हुन् । कुनै सुरक्षाबिनै शीरन अरिजितसँग घुमिरहेको देखेका स्थानीयहरू भने छक्क परेका थिए ।
पाँच घण्टा साथमा बिताए
शीरन र अरिजितबीच गहिरो मित्रता छ । सन् २०२४ को सेप्टेम्बरमा लन्डनको एक मञ्चमा सँगै गाएपछि उनीहरूको मित्रता अझ प्रगाढ भएको छ । त्यतिबेला दुवैले एकअर्काका हिट गीतहरू गाएका थिए ।
शीरनले जियागञ्जमा लगभग पाँच घण्टा बिताएका थिए ।
शीरनले बेंगलुरु कन्सर्टअघि एक चर्च स्ट्रिटमा उत्कृष्ट प्रस्तुति दिएका थिए । तर, प्रहरीले उनको कार्यक्रमलाई बीचैमा रोक्यो । यसपछि, उनले शिल्पा रावसँग आफ्नो कन्सर्टमा जुनियर एनटीआरको तेलुगु गीत ‘चुट्टामल्ले’ गीत गाएका थिए । शीरनले हैदराबाद र चेन्नईमा दुई वटा कन्सर्ट गरिसकेका छन् । अब उनी फेब्रुअरी १२ मा शिलोङ र फेब्रुअरी १५ मा दिल्ली–एनसीआरमा कन्सर्ट गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण