अरिजित सिंहको स्कुटरमा रमाए बेलायती पप गायक शीरन

नयाँ दिल्ली । बेलायती पप गायक एड शीरन यतिबेला भारतमा रमाइरहेका छन् ।
हालै उनी भारतका चर्चित गायक अरिजित सिंहको स्कुटरमा चढेर हिँडिरहेको देखिएका थिए । अरिजितले शीरनलाई गृहनगर पश्चिम बंगालको मुर्सिदाबादस्थित जियागञ्जमा आफ्नो स्कुटरमा घुमाएका थिए ।
दुवै गायकहरू एउटै स्कुटरमा हुँइकिएका भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ । उक्त भिडियोमा उनी पूरै मस्तीमा यात्राको आनन्द लिइरहेको देखिन्छन् । आफ्नो सुरक्षा टोली छोडेर अरिजितसँग उनी डुंगामा पनि रमाइरहेका देखिए ।
प्रहरीले बेंगलुरुमा सडक कार्यक्रमहरूमा प्रतिबन्ध लगाएपछि शीरन पश्चिम बंगालमा अरिजित सिंहसँग देखापरेका हुन् । कुनै सुरक्षाबिनै शीरन अरिजितसँग घुमिरहेको देखेका स्थानीयहरू भने छक्क परेका थिए ।
पाँच घण्टा साथमा बिताए
शीरन र अरिजितबीच गहिरो मित्रता छ । सन् २०२४ को सेप्टेम्बरमा लन्डनको एक मञ्चमा सँगै गाएपछि उनीहरूको मित्रता अझ प्रगाढ भएको छ । त्यतिबेला दुवैले एकअर्काका हिट गीतहरू गाएका थिए ।
शीरनले जियागञ्जमा लगभग पाँच घण्टा बिताएका थिए ।
शीरनले बेंगलुरु कन्सर्टअघि एक चर्च स्ट्रिटमा उत्कृष्ट प्रस्तुति दिएका थिए । तर, प्रहरीले उनको कार्यक्रमलाई बीचैमा रोक्यो । यसपछि, उनले शिल्पा रावसँग आफ्नो कन्सर्टमा जुनियर एनटीआरको तेलुगु गीत ‘चुट्टामल्ले’ गीत गाएका थिए । शीरनले हैदराबाद र चेन्नईमा दुई वटा कन्सर्ट गरिसकेका छन् । अब उनी फेब्रुअरी १२ मा शिलोङ र फेब्रुअरी १५ मा दिल्ली–एनसीआरमा कन्सर्ट गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव
-
आइतबारको संसद् बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको सङ्केत