चलचित्र विकास बोर्डले जनकपुरमा चलचित्र शिविर सञ्चालन गर्ने
काठमाडौँ । चलचित्र विकास बोर्डले मधेस प्रदेशको जनकपुरमा फागुन १३, १४ र १५ गते चलचित्र शिविर सञ्चालन गर्ने भएको छ ।
मधेसमा चलचित्रबारे अभिरुचि र चेतना जागृत गराई त्यहाँको बजारलाई विस्तार र सुदृढ बनाउन शिविर सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।
चलचित्र मार्फत समभावको संस्कृति विकास गर्ने लक्ष्यसहित मधेसमा नेपाली तथा मातृभाषा चलचित्रको अवस्था, बजार तथा दर्शक रुचिको अध्ययन/सर्वेक्षण गर्ने, मधेसका युवा चलचित्रकर्मीहरूलाई चलचित्र नीति, विधिबारे अभिमुखीकरण गर्ने, मधेसी समाजका मौलिक, नवीन औ उत्कृष्ट कथाहरूको खोजी गर्ने, चलचित्रसँग सम्बन्धी विषय क्षेत्रबारे बहस/विमर्श गर्ने उद्देश्यले चलचित्र शिविर सञ्चालन गर्न लागिएको बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।
‘चलचित्र शिविर कार्यक्रम नेपाली चलचित्र उद्योगमा दूरगामी प्रभाव पार्ने एक विशेष अभियान हो । यो चलचित्रीय कार्यक्रम मात्रै होइन, चलचित्र मार्फत देश जोड्ने एक महत्त्वपूर्ण सेतु हो । समभावको व्यवहार र संस्कृति विकास गरी सामाजिक/सांस्कृतिक सदभाव, सहिष्णुता र राष्ट्रिय एकतालाई सबल बनाउने यो एउटा सांस्कृतिक एकीकरणको एक प्रयास हो’, अध्यक्ष डिसीले भने ।
बोर्डले चलचित्र शिविर अभियान सञ्चालन गर्न बोर्ड सदस्य केएल बुढाथोकीलाई संयोजक तोकेको छ । बोर्ड सदस्य एवं संयोजक बुढाथोकीका अनुसार चलचित्र शिविर अन्तर्गत चलचित्र प्रदर्शन, पोष्टर तथा फोटो प्रदर्शनी, परामर्श सेवा, कार्यशाला, चलचित्र सम्बन्धी अभिमुखीकरण, अन्तरक्रिया, संवाद, संगोष्ठी, चलचित्र सम्मेलन जस्ता कार्यक्रमहरू आयोजना गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण