जम्मुमा आईईडी विष्फोट, दुई भारतीय सैनिकको मृत्यु
भारत । जम्मू जिल्लाको अखनूर सेक्टरको एलओसी (लाइन अफ कन्ट्रोल) नजिकै लालोली क्षेत्रमा आईईडी (इम्प्रुभ एक्सप्लोसिभ डिभाइस) विस्फोट हुँदा दुई भारतीय सैनिकको मृत्यु भएको छ।
घाइते अर्का सैनिकको अवस्था सामान्य रहेको बताइएको छ । मंगलबार दिउँसो भारतीय समयअनुसार ३ः५० बजे भट्टल क्षेत्रमा सेनाको गस्तीमा रहेका बेला बम विष्फोट भएको हो ।
सेनाका प्रवक्ताले दैनिक भास्करसँग भने, 'सैनिकहरू गस्ती गरिरहेका बेला विस्फोट भएको हो । क्षेत्रलाई घेरा हालेर खोजी अभियान सुरु गरिएको छ ।'
दुर्घटनामा मृत्यु भएका सैनिकको नाम क्याप्टेन केएस बक्षी र मुकेश रहेको सेनाकाे स्रोतले जनाएको छ । यद्यपि यो पुष्टि हुन बाँकी रहेको समाचारमा उल्लेख छ ।
यसअघि जनवरी १४ मा जम्मू कश्मीरको राजौरीमा एलओसी नजिकै बारुदी सुरुङ विष्फोटमा गोर्खा राइफल्सका ६ जना सैनिक घाइते भएका थिए ।
विष्फोट भवानी सेक्टरको माकरी क्षेत्रमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण