आइफाको रजत जयन्तीमा निर्देशक राकेश रोशनलाई विशेष सम्मान गरिने
नयाँ दिल्ली । भारतीय फिल्म क्षेत्रका दिग्गज निर्माता तथा निर्देशक राकेश रोशनलाई 'आइफा अवार्ड २०२५' मा भारतीय सिनेमामा उनको उत्कृष्ट उपलब्धिहरूका लागि सम्मानित गरिने भएको छ। यस सम्मानलाई विशेष भन्दै राकेश रोशनले आफ्नो खुसी व्यक्त गरेका छन् ।
आइफा अवार्ड २०२५ ले यस वर्ष राजस्थानको जयपुरमा आफ्नो रजत जयन्ती मनाउँदै छ। यस्तोमा राकेशलाई आइफाले विशेष सम्मान गर्न लागेको हो ।
आफूले पाएको यो सम्मानप्रति प्रतिक्रिया दिँदै राकेश रोशनले यसलाई अविश्वसनीय क्षण भनेका छन् ।
उनले आइफासँगको आफ्नो यात्रा सन् २००० मा पहिलो अवार्ड समारोहबाट सुरु गरेका थिए । र, पछिल्ला केही वर्षमा भारतीय सिनेमालाई फरक उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
आइफा अवार्ड २०२५ मार्च ८ र ९ मा जयपुरमा आयोजना हुनेछ। आइफा जयपुर प्रदर्शनी र सम्मेलन केन्द्र (जेईसीसी) मा आयोजना हुनेछ। यस वर्षको आइफा डिजिटल अवार्ड मार्च ८ मा आयोजना हुँदैछ। तर, आईफाको ग्राण्ड फिनाले भने मार्च ९ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण