एआईजी थापा इनसीबी कन्फरेन्समा सहभागी
मङ्गलबार, २९ माघ २०८१, २१ : ५२
_p2o78VGMaM.jpg)
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एआईजी दिपक थापा अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’को हेड अफ एनसीबी कन्फरेन्समा सहभागी भएका छन् । फ्रान्सको लियोनमा इन्टरपोलको सचिवालयले आयोजनामा गरेको सम्मेलनमा उनी सहभागी भएका हुन् ।
लियोनमा आयोजिन सम्मेलनमा नेपालस्थित इन्टरपोल शाखाका प्रमुख एसपी कोमल शाह पनि सहभागी भएका छन् । ‘हेड अफ एनसीबी कन्फरेन्स’मा ‘सिनारिओ अफ क्राइम अगेनस्ट चाइण्ड’ लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरुको विषयमा छलफल हुन्छ ।
एआईजी थापा २८ माघमा लियोनमा गएका हुन् । इन्टरपोलमा १९६ देशका प्रहरी संगठन आबद्ध छन् । हरेक वर्ष हुने सो सम्मेलन यसवर्ष फेब्रुअरी १३ सम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग
-
निजामती विधेयकमा कांग्रेस र एमालेको मत बाझियो, राज्य व्यवस्था समितिबाट पारित हुन सकेन
-
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
-
को बन्ला उत्कृष्ट हिरोइन ?
-
कालीगण्डकी नदीबाट अवैध उत्खनन गर्ने श्रृङ्खला बढेको भन्दै राष्ट्रिय जनमोर्चाद्वारा सरकारको ध्यानाकर्षण
-
श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ