एआईजी थापा इनसीबी कन्फरेन्समा सहभागी
मङ्गलबार, २९ माघ २०८१, २१ : ५२
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एआईजी दिपक थापा अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’को हेड अफ एनसीबी कन्फरेन्समा सहभागी भएका छन् । फ्रान्सको लियोनमा इन्टरपोलको सचिवालयले आयोजनामा गरेको सम्मेलनमा उनी सहभागी भएका हुन् ।
लियोनमा आयोजिन सम्मेलनमा नेपालस्थित इन्टरपोल शाखाका प्रमुख एसपी कोमल शाह पनि सहभागी भएका छन् । ‘हेड अफ एनसीबी कन्फरेन्स’मा ‘सिनारिओ अफ क्राइम अगेनस्ट चाइण्ड’ लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरुको विषयमा छलफल हुन्छ ।
एआईजी थापा २८ माघमा लियोनमा गएका हुन् । इन्टरपोलमा १९६ देशका प्रहरी संगठन आबद्ध छन् । हरेक वर्ष हुने सो सम्मेलन यसवर्ष फेब्रुअरी १३ सम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण