च्याम्पियन्स ट्रफीअघि अस्ट्रेलियालाई अर्को झट्का, टोलीबाट बाहिरिए मिचेल स्टार्क
काठमाडौँ । दुईपटकको च्याम्पियन अस्ट्रेलियालाई आईसीसी च्याम्पियन्स ट्रफीअघि अर्को झट्का लागेको छ । टोलीका प्रभावशाली अलराउन्डर मिचेल स्टार्कले पनि च्याम्पियन्स ट्रफीको नवौँ संस्करण नखेल्ने भएका छन् ।
क्रिकेट अस्ट्रेलियाका अनुसार, ३५ वर्षीय अलराउन्डर स्टार्कले व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफीबाट आफ्नो नाम फिर्ता लिएका हुन् । यसअघि नै अस्ट्रेलियन टोलीका केही प्रभावशाली खेलाडी चोटको समस्याका कारण च्याम्पियन्स ट्रफीबाट बाहिरिइसकेका छन् ।
यस्तो स्थितिमा स्टार्कको अनुपस्थिति अस्ट्रेलियाका लागि अर्को समस्याको विषय बनेको छ । च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ ।
अस्ट्रेलियाले सन् २००६ र सन् २००९ मा लगातार दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि उचालेको थियो । त्यसयताका संस्करणमा भने अस्ट्रेलियाले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन ।
स्टार्क बाहिरिएपछि प्रतियोगिता सुरु हुनुभन्दा करिब एक साताअघि अस्ट्रेलियाको १५ सदस्यीय टोलीमा परिवर्तन गरिएको छ । प्याट कमिन्स र जस हेजलउडजस्ता प्रभावशाली खेलाडी पनि टोलीमा छैनन् ।
प्याट कमिन्सको खुट्टामा चोट लागेको छ । हेजलउड पनि चोटग्रस्त छन् । अलराउन्डर खेलाडी मिचेल मार्शको पिठ्यूँमा चोट लागेको छ । उनी पनि च्याम्पियन्स ट्रफीमा देखिने छैनन् । मार्कस स्टोइनिस पनि अस्ट्रेलियन टोलीमा छैनन् ।
अनुभवी खेलाडीहरु च्याम्पियन्स ट्रफीबाट बाहिरिएपछि अस्ट्रेलियन टोलीमा पाँचजना नयाँ खेलाडीले स्थान पाएका छन् । सिन एबट र बेन ड्वारशुइसले पनि टोलीमा स्थान पाएका छन् । ज्याक फ्रेजर म्याकगर्कले पनि टोलीमा स्थान पाएका छन् ।
च्याम्पियन्स ट्रफीका लागि घोषित टोलीमा स्टिभ स्मिथ (कप्तान) सिन एबट, एलेक्स केरी, बेन ड्वारशुइस, नाथन एलिस, ज्याक फ्रेजर म्याकगर्क, एरोन हार्डी, ट्राभिस हेड, जस इङ्लिस, स्पेन्सर जोन्सन, मार्नस लाबुशेन, ग्लेन म्याक्सवेल, तनविर साघा, म्याथ्यू शर्ट र एडम जाम्पा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण