जर्मनीमा रेल र ट्रक जुधे : एक जनाको मृत्यु, २५ घाइते
बुधबार, ३० माघ २०८१, १५ : ५०
बर्लिन । जर्मन सहर ह्याम्बर्गको बाहिरी इलाकामा हाई–स्पीड रेल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते भएको बताइएको छ । तीमध्ये ६ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटना मंगलबार भएको प्रहरीले जनाएको छ । दुर्घटनाको समयमा आईसीई रेलमा २९१ जना सवार थिए । घाइते यात्रुहरूलाई रेलबाट बाहिर निकालेर बसबाट नजिकैको स्टेशनमा लगिएको प्रहरीले जनाएको छ ।
५५ वर्षीय यात्रुको घटनास्थलमै मृत्यु भएको बताइएको छ । क्रसिङमा रेल ट्रकमा ठोक्किएको र रेलको अगाडिका डब्बाका झ्यालहरू फुटेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले लेखेका छन् । दुर्घटनास्थलमा ट्रकका सामानहरू छरप्रष्ट भएका थिए । दुर्घटना के कारणले भयो भन्ने स्पष्ट हुन नसकेको प्रहरीको भनाइ छ । ट्रक चालकलाई सोधपुछको लागि हिरासतमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण