बबरमहल जलमग्न : काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित
काठमाडौँ । सडकमा रहेको पाइप फुटेर बबरमहल क्षेत्र डुबानमा परेपछि काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित भएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत कार्यालयहरू डुबानमा परेका हुन् ।
काठमाडौँ जिल्ला अदालतले सूचना जारी गर्दै भुइँतल्लामा रहेको २६, २७, २८ र २९ नम्बर फाँटमा क्षति भएकाले पेसी तथा इजलास अर्को सूचना प्रकाशित नभएसम्मका लागि सञ्चालन नहुने जनाएको हो ।
सूचनामा भनिएको छ,‘मेलम्ची खानेपानीको पाइप फुटी यस अदालतको दोस्रो भवनमा पानी पसी सो भवनको भुइँतल्लामा रहेको २६, २७, २८ र २९ नं. फाँटमा क्षति पुगेकोले सो फाँटहरूबाट प्रवाह हुने सेवा, सो फाँटको पेसी तथा २६, २७, २८ र २९ इजलास अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि सञ्चालन नहुने बेहोरा जानकारीका लागि यो सूचना जारी गरिएको छ ।’
बबरमहलमा मूल सडकको वन परिसरतर्फको सडकमुनी बिछ्याइएको मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीको २० इञ्जको पाइप फुटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण