बबरमहल जलमग्न : काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित
_2CKMl9jwQ1.jpg)
काठमाडौँ । सडकमा रहेको पाइप फुटेर बबरमहल क्षेत्र डुबानमा परेपछि काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित भएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत कार्यालयहरू डुबानमा परेका हुन् ।
काठमाडौँ जिल्ला अदालतले सूचना जारी गर्दै भुइँतल्लामा रहेको २६, २७, २८ र २९ नम्बर फाँटमा क्षति भएकाले पेसी तथा इजलास अर्को सूचना प्रकाशित नभएसम्मका लागि सञ्चालन नहुने जनाएको हो ।
सूचनामा भनिएको छ,‘मेलम्ची खानेपानीको पाइप फुटी यस अदालतको दोस्रो भवनमा पानी पसी सो भवनको भुइँतल्लामा रहेको २६, २७, २८ र २९ नं. फाँटमा क्षति पुगेकोले सो फाँटहरूबाट प्रवाह हुने सेवा, सो फाँटको पेसी तथा २६, २७, २८ र २९ इजलास अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि सञ्चालन नहुने बेहोरा जानकारीका लागि यो सूचना जारी गरिएको छ ।’
बबरमहलमा मूल सडकको वन परिसरतर्फको सडकमुनी बिछ्याइएको मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीको २० इञ्जको पाइप फुटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिबारे प्रभु साहले उठाए उठाए प्रश्न
-
भारत–पाकिस्तान तनाव : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने
-
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै
-
कानुन दिवस कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीदेखि सभामुखसम्म (फोटोफिचर)
-
तस्बिरमा हेर्नुहोस् नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला
-
भारत र पाकिस्तानमा क्रिकेट खेलिरहेका इङ्ल्यान्डका यी चर्चित दाजु–भाइ सुरक्षालाई लिएर चिन्तित