जनयुद्ध दिवसमा गण्डकी गाउँपालिकाले पनि दियो सार्वजनिक बिदा
बुधबार, ३० माघ २०८१, २३ : २७
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते (बिहीबार) सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत किरणबाबु कट्टेलले बुधवार एक सूचना जारी गर्दै फागुन १ गते सार्वजनिक बिदा दिएका हुन् ।
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि २०५२ साल फागुन १ गतेदेखि सञ्चालित सशस्त्र युद्धको स्मरण र महान् सहिदहरू प्रति सम्मान गर्दै गण्डकी गाउँ कार्यपालिकाको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जारी सूचनामा उल्लेख छ ।
सो दिन गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, अर्ध तथा गैरसरकारी सङ्घ संस्था, शिक्षण संस्थाहरू लगायत सबै निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण