समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
मुम्बई । हास्य कलाकार समय रैनाले आफ्नो कार्यक्रम इन्डियाज गट लेटेन्टबारे चलिरहेको विवादमा स्पष्टीकरण दिएका छन्। उनले इन्स्टाग्राममार्फत आफ्नो कार्यक्रमका सबै भिडियोहरू युट्युबबाट हटाइसकेको बताएका हुन् ।
उनले आफ्नो उद्देश्य केवल मानिसहरूलाई हँसाउनु रहेको बताए। उनले लेखेका छन्, ‘जे भइरहेको छ, म त्यसलाई सम्हाल्न सक्दिनँ। मैले मेरो च्यानलबाट इन्डियाज गट लेटेन्टका सबै भिडियोहरू हटाएको छु। मेरो एउटै उद्देश्य मानिसहरूलाई हँसाउनु र खुसी दिनु थियो। म सबै एजेन्सीहरूलाई पूर्ण सहयोग गर्नेछु ताकि उनीहरूको अनुसन्धान राम्रोसँग सञ्चालन होस्। धन्यवाद।’
'इन्डियाज गट ट्यालेन्ट' कार्यक्रममा अभिभावकमाथि गरिएको अश्लील टिप्पणीको सम्बन्धमा युट्युबर रणवीर इलाहाबादिया र समय रैना विरुद्ध मुम्बईमा हालसम्म दुईवटा एफआईआर दर्ता भएका छन्। यो कारबाही महाराष्ट्र प्रहरीको साइबर शाखाले गरेको हो। रणवीर र समय बाहेक, पहिलो एपिसोडदेखि अहिलेसम्म कार्यक्रममा भाग लिएका ३० जना पाहुनाहरू विरुद्ध पनि मुद्दा दायर गरिएको छ।
यसैबीच, अल इन्डिया सिने वर्कर्स एसोसिएसनले 'इन्डियाज गट लेटेन्ट' कार्यक्रममाथि प्रतिबन्ध लगाउन गृहमन्त्री अमित शाहलाई पत्र लेखेको छ। संघले यस्ता कार्यक्रमहरूले देशका युवाहरूलाई भ्रमित गरिरहेको बताएको छ।
महिला आयोगले इलाहाबादिया, समय रैना र अन्यलाई पनि पत्र पठाएको छ। सबैलाई फेब्रुअरी १७ मा आयोगको कार्यालयमा बोलाइएको छ। रणवीर इलाहाबादिया विरुद्ध इन्दौरमा पनि उजुरी दर्ता गरिएको छ।
यसैबीच, मंगलबार बिहान ५ जना प्रहरी अधिकारीको टोली मुम्बईको वर्सोवास्थित युट्युबर रणवीर इलाहाबादियाको घरमा पुगेको थियो। फेब्रुअरी १० मा, मुम्बई प्रहरीले कार्यक्रमका होस्ट समय रैना, रणवीर इलाहाबादिया र अपूर्व मखिजा लगायत कार्यक्रमका आयोजकहरू विरुद्ध मुद्दा दर्ता गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण