बङ्गलादेशको विद्यार्थी आन्दोलनमा १४०० जना मारिएका थिए: रिपोर्ट
ढाका । बंगलादेशमा गत वर्ष सरकारी जागिरमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलनमा भएको दमनबारे संयुक्त राष्ट्र संघ (यूएन)ले बुधबार एउटा प्रतिवेदन जारी गरेको छ ।
उक्त आन्दोलन दबाउने क्रममा १ हजार ४०० जना मारिएको दाबी प्रतिवेदनले गरेको छ । यी मध्ये धेरैजसोको मृत्यु सुरक्षा बलको गोलीबारीका कारण भएको भनिएको छ ।
प्रतिवेदन अनुसार, बंगलादेशी सुरक्षा बलले आन्दोलनलाई दबाउन ठुलो मात्रामा गोलीबारी चलाएको थियो । आन्दोलनकारीहरूलाई तितरबितर पार्न गिरफ्तारी र यातनाको सहारा लिइएको थियो । यो कारबाही राजनीतिक नेतृत्व र उच्च सुरक्षा अधिकारीहरूको आदेशमा गरिएको पनि प्रतिवेदनमा उल्लेख छ । यूएनले यसलाई ‘मानवता विरुद्धको अपराध’ भनेको छ । यसमाथि अन्तर्राष्ट्रिय अनुसन्धानको माग गरेको छ ।
गत वर्ष बंगलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई हटाउन विद्यार्थीहरूले व्यापक विरोध प्रदर्शन गरेका थिए । त्यसलाई दबाउन सुरक्षा बलले हिंसाको सहारा लिए । पछि हसिनाले देश छोडेर भारतमा शरण लिनुपर्यो ।
हसिनालाई अपदस्थ गर्ने आन्दोलनकारी विद्यार्थीहरूले अब नयाँ पार्टी (नुतान बंगलादेश पार्टी) गठनको घोषणा गरेका छन् । विद्यार्थीहरूले यसको लागि ठुलो मात्रामा योजना बनाइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण