आगामी फिल्ममा प्रभाससँग स्क्रिन शेयर गर्दैछन् अनुपम खेर
नयाँ दिल्ली । बलिउड अभिनेता अनुपम खेरको हातमा यतिबेला अर्को फिल्म आएको छ । यस फिल्ममा उनी साउथ सुपरस्टार प्रभाससँगै देखिनेछन् । यो जानकारी अनुपम खेर आफैँले शेयर गरेका हुन् ।
यो साउथ फिल्म मैत्री मुभिजको ब्यानरमा बन्नेछ । यसको निर्देशन लोकप्रिय दक्षिण निर्देशक हनु राव राघवपुडीले गर्नेछन् । यो अनुपम खेरको ५४४ औँ फिल्म हुनेछ ।
- भारतीय सिनेमाको ‘बाहुबली’सँग छ.गर्नेछु फिल्म
अनुपम खेरले बिहीबार आफ्नो इन्स्टाग्राम अकाउन्टबाट प्रभाससँगको आफ्नो एक तस्बिर सेयर गरेका छन् । ‘अनाउन्सेमन्टः यो बताउँदा मलाई निकै खुसी लागिरहेको छ कि मेरो ५४४औँ फिल्म भारतीय सिनेमाका ‘बाहुबलीु, प्रभासको साथमा हुनेछ !’ तस्बिरको क्याप्सनमा उनले लेखेका छन् । फिल्मको शीर्षक अझै तय भएको छैन ।
- अद्भुत छ कथा
अनुपम खेरले थप लेखेका छन्, ‘यो फिल्म मैत्री मुभिजका निर्माताहरूको उत्कृष्ट टोलीले बनाउनेछ । यो अद्भुत कहानी हो !! जीवनमा अरू के नै चाहिएको छ र ! जय हो !’ अनुपम खेरको पोस्टमा प्रयोगकर्ताहरूको कमेन्टको ओइरो आइरहेको छ ।
अनुपम खेर हालै कंगना रनौतको फिल्म इमर्जेन्सीमा देखिएका थिए । यसमा उनले जयप्रकाश नारायणको भूमिका निर्वाह गरेका थिए । तर, बक्स अफिसमा फिल्मले राम्रो व्यापार भने गर्न सकेन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण