‘पाताल लोक’ का हाथीरामले कसलाई भने कमालको अभिनेता ?

नयाँ दिल्ली । बलिउड अभिनेता जयदीप अहलावतले बलिउडमा भन्दा वेब सिरिजमा अभिनय गरेर बढी चर्चा कमाएका छन् ।
वेब सिरिज ‘पाताल लोक’को दुई वटा सिजनमा उनी देखिएका थिए । यसमा उनी एक प्रहरी अधिकारी हाथीराम चौधरीको भूमिकामा देखिएका थिए । यस पात्रले दर्शकहरूलाई अपराधको कालो संसार देखाएको छ । ‘पाताल लोक २’ मा पनि दर्शकहरूले जयदीपको अभिनय निकै मन पराएका थिए । छिट्टै यी अभिनेता अर्काे वेब सिरिजमा देखिँदैछन् ।
जयदीप मनोज बाजपेयीको वेब सिरिज ‘फ्यामिली म्यान ३’ मा देखिने भएका हुन् । यो वेब सिरिजमा उनको भूमिका एकदमै फरक हुने बताइएको छ । यो सिरिजको हिस्सा हुन पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताएका छन् ।
मनोज बाजपेयीसँग अभिनय गर्नु उनका लागि पनि ठूलो कुरा हो । बाजपेयीलाई उनले एक कमालका अभिनेता भनेका छन् ।
‘फेमिली म्यान ३’ को कथालाई उत्कृष्ट र सुन्दर भनेका उनले यो वेब सिरिज बनाउने सम्पूर्ण टोलीको प्रशंसा नै गरे । वेब सिरिजको तेस्रो सिजनलाई दर्शकले पक्कै मन पराउने उनले आशा राखेका छन् ।
जयदीप छिटै ‘ज्वेल थिफ’ फिल्ममा पनि देखिएका छन् । जहाँ सैफ अली खानको महत्वपूर्ण भूमिका छ । हालै यसको टिजर पनि रिलिज भएको छ । फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुँदै छ । यो फिल्म डकैती अर्थात् चोरीमा आधारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा