आईसीसीको कारबाहीमा परे पाकिस्तानका तीन प्रभावशाली क्रिकेटर
काठमाडौँ । च्याम्पियन्स ट्रफीको सँघारमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाकिस्तानी टोलीका तीन खेलाडीमाथि जरिवाना लगाएको छ । आईसीसीले पाकिस्तानका प्रभावशाली खेलाडी साहिन शाह अफरिदी, साउद शकिल र कमरान गुलाममाथि जरिवाना लगाएको हो ।
आईसीसीले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी गराएको हो । हाल पाकिस्तानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गतको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नियम उल्लंघन गरेको आरोपमा यी तीन खेलाडीमाथि जरिवाना लगाइएको हो ।
उक्त खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएको थियो । दक्षिण अफ्रिकाविरुद्धको उक्त खेलमा पाकिस्तानका यी तीन खेलाडी निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । आईसीसीले तिब्रगतिका बलर साहिन शाह अफरिदीमाथि खेल शुल्कको २५ प्रतिशत जरिवाना लगाउने निर्णय गरेको छ ।
साहिन शाह अफरिदीले दक्षिण अफ्रिकी खेलाडी म्याथ्यू ब्रिट्जकेसँग अनावश्यक विवाद गरेका थिए । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही कारणले आईसीसीले उनलाई जरिवाना तिराउने निर्णय लिएको समाचारमा जनाइएको छ ।
यसैगरी, आईसीसीले साउद शकिल र कमरान गुलाममाथि खेल शुल्कको १०–१० प्रतिशत जरिवाना लगाउने निर्णय गरेको छ । खेलका क्रममा कमरान गुलाम परिवर्तित फिल्डरका रुपमा मैदानभित्र प्रवेश गरेका थिए ।
खेलको २९औँ ओभरमा दक्षिण अफ्रिकी ब्याट्सम्यान टेम्बा बाभुमाको विकेट लिएपछि कमरान गुलाम र साउद शकिलले अस्वभाविक रुपमा उनको अगाडि गएर खुसियाली मनाएका थिए । खेलका क्रममा कुनै पनि खेलाडीको अगाडि गएर आक्रामक रुपमा खुसीयाली मनाउन पाइँदैन । उनीहरुको एक–एक डिमेरिट अंक पनि घाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण