श्रीलंकामा महत्त्वपूर्ण परियोजनाबाट किन पछि हट्यो अदानीको कम्पनी ?
नयाँ दिल्ली । भारतीय अर्बपति व्यापारी गौतम अदानीको अदानी समूहको कम्पनीले श्रीलंकामा रहेको आफ्नो १ अर्ब डलरको वायु ऊर्जा परियोजनाबाट पछि हट्ने निर्णय गरेको छ । धेरै आवश्यक स्वीकृतिहरू प्राप्त गरे तापनि केही वातावरणीय स्वीकृतिहरू प्राप्त गर्न ढिलाइ भएको र श्रीलंकाको सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको कारणले गर्दा यी परियोजनाहरूबाट पछि हटिरहेको अदानी ग्रीन इनर्जी बताएको छ ।
यस विषयमा पुनः वार्ता गर्न एउटा वार्ता समिति र एक परियोजना समिति गठन गरिने विज्ञप्तिमा अदानी ग्रिन इनर्जीले भनेको छ । श्रीलंकाको सार्वभौमसत्ता र यसका निर्णयहरूको सम्मान गर्ने त्यसैले सम्मानपूर्वक यो परियोजनाबाट पछि हटिरहेका कम्पनीको भनाइ छ । यो परियोजना श्रीलंकाको मन्नार र पुनेरिनमा ४८४ मेगावाटको वायु ऊर्जा परियोजना स्थापना गर्नुका साथै २२० केभी र ४०० केभी प्रसारण नेटवर्कको विस्तारमा केन्द्रित थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण