प्रेम दिवसमा फूलहरूसँगै खुसी डेलिभर
- ममुन केसी /नेपाल फोटो लाइब्रेरी
काठमाडौँ । आज भ्यालेन्टाइन डे अर्थात् प्रेम गर्नेहरूको दिन । आजको दिन विश्वभरि नै एक अर्कामा प्रेम आदानप्रदान गर्दै मनाइँदै छ।
_UujGb2FAVu.jpg)
नेपालमा पनि युवायुवतीदेखि आफूलाई मन पर्ने व्यक्तिहरूमा एक आपसमा उपहार तथा फूल आदानप्रदान गरेर प्रेम दिवस मनाइँदै छ । प्रेम दिवसको बेला अन्य समय भन्दा बजारमा फूल व्यापारीले राम्रो आम्दानी गर्ने गर्छन् ।
_hq2svV6ieH.jpg)
यो बेला बजारमा फूलहरूको माग उच्च हुने गर्दछ । बदलिँदो डिजिटल प्रविधि कोही व्यक्ति समान लिन पसल पसल धाउन नपर्ने समय छ । यो कुरा अहिले फुल तथा गिफ्ट पसल मा पनि उतिकै लागु हुँदैछ ।
_E2214eLCBw.jpg)
काठमाडौँको मध्य बानेश्वरमा रहेको हिमालय फ्लोरिकल्चरलाई यति बेला भ्याई नभ्याई छ । ४ वर्षअघि, व्यवसायी निर्मल घर्ती र सविन ढकाल ले एउटा सानो सपना देखे—ताजा, सुन्दर र गुणस्तरीय फूल उत्पादन गरी ग्राहकलाई सहज रूपमा उपलब्ध गराउने । उनीहरूले फूलको बगैँचाबाट आफ्नो व्यवसाय सुरु गरे उनीहरू भन्छन्, ‘आजकल गाहकहरू पसल आउनुहुन्न टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता प्लेटफर्ममै हामी हाम्रो समान बेच्न व्यस्त हुन्छौँ । ग्राहकले अनलाइन नै अर्डर गर्नु हुन्छ । हामी २ घण्टा मै डेलिभर गर्ने गर्छौँ ।’
_mXymCR2LG4.jpg)
हिमालयन फ्लोरिकल्चरसँग पनि धेरै रोचक अनुभव छन्। एक जना ग्राहकले आफ्नी प्रेमिकाको उचाइ जत्रै ३५ हजारको बुके अर्डर गरेका थिए।धेरै ग्राहकहरूले नाम नखुलाईकन फूल पठाउन चाहन्छन्, जसले सम्बन्धहरूमा रोमान्स र रहस्य थप्छ । स्कुलका विद्यार्थीहरू, जससँग आफ्नै मोबाइल हुँदैन, बाबुआमाको फोनबाट अर्डर गर्छन्। ग्राहकहरूले केवल फूल मात्रै होइन, टेडी बियर, चकलेटहरू, र कस्टमाइज गरिएको उपहार पनि अर्डर गर्छन्।
_kti0t8oZtr.jpg)
सुरुमा मात्र ३ जनाले सञ्चालन गरेको यो व्यवसाय अहिले मार्केटिङ, डेलिभरी र सोसल मिडिया टिम गरी १४ जनाको टिममा बदलिएको छ।
_ggbGmQWofL.jpg)
_JgNU3VlT7V.jpg)
_SKpzfs1CXM.jpg)
_Yik4mhSDY3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण