कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्दै
शुक्रबार, ०२ फागुन २०८१, ११ : १४

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्न लागेको छ । संघले फागुन ७ देखि १० गतेसम्म केन्द्रीय कार्यालय सानेपामा महाधिवेशन गर्न लागेको हो ।
महाधिवेशनको तयारीका सम्बन्धमा जानकारी दिन संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । केन्द्रीय कार्यालयमै दिउँसो साढे २ बजे पत्रकार सम्मेलन बोलाइएको अध्यक्ष बालकृष्ण दाहालले जानकारी दिए ।
उनका अनुसार महाअधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।
२०५६ सालमै हुनुपर्ने महाधिवेशन हाल आएर गर्न लागिएको हो। यो बिचमा संगठन तदर्थ समितिबाट चल्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
-
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
-
बाँकेको कोहलपुरमा फेन्सी पसलमा आगलागी
-
मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन भने घट्यो
-
ट्रम्पविरुद्ध हजारौँ मानिस सडकमा
-
राप्रपाको प्रदर्शनमा सीमित नेता मात्रै सहभागी हुने