प्रकृति संरक्षण अभियानकर्ताहरूले मनाए पृथक ढंगले भ्यालेन्टाइन डे
काठमाडौँ । प्रकृति संरक्षण अभियानकर्ताहरूले पृथक ढंगले प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाएका छन् ।
प्रकृति जोगाऔँ भन्दै काठमाडौँ वसन्तपुरमा प्रकृति संरक्षण अभियानकर्ताहरूले पृथक ढंगले प्रणय दिवस मनाएका हुन् । सेभ द प्लानेट संस्थाको आयोजनामा भएको कार्यक्रममा प्रकृति संरक्षणका लागि जनचेतनामूलक सन्देश प्रदान गरिएको थियो ।
सो अवसरमा प्रकृतिलाई माया गरौँ लेखिएको ब्यानरमा हस्ताक्षर सङ्कलन गरिएको थियो भने वसन्तपुर परिसरमा सरसफाइ समेत गरिएको छ । प्रणय दिवस दिवसलाई मानव र प्रकृतिबिच माया साटासाट गर्ने अवसरका रूपमा लिँदै प्रकृतिलाई माया गरौँ अभियान आयोजना गरिएको संस्थाका अध्यक्ष यादव भण्डारीले जानकारी दिए ।
मानवीय क्रियाकलापका कारण जीवनको अस्तित्व भएको पृथ्वीमा बढ्दो तापक्रम र जलवायु परिवर्तनले पशुपन्छी लगायत संकटमा परिरहेकाले जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको भण्डारीले बताए ।
कार्यक्रममा प्रकृतिलाई माया गरौँ शीर्षकमा विभिन्न विद्यालयका विद्यार्थीहरूले कोरेका चित्रकला समेत प्रदर्शनी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण