रोमान्टिक तस्बिर सेयर गर्दै दीपाश्रीले दिपकराजलाई भनिन्– ह्याप्पी भ्यालेन्टाइन डे
शुक्रबार, ०२ फागुन २०८१, १५ : ४९
काठमाडौँ । अभिनेत्री निर्देशक दीपाश्री निरौलाले अभिनेता दीपकराज गिरीलाई प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेको शुभकामना दिएकी छन् । उनले इन्स्टाग्राममार्फत दीपक र आफ्नो तस्बिर सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्दै शुभकामना दिएकी छन् ।
उनले सेयर गरेको तस्बिरमा दीपक र दीपा रोमान्टिक देखिन्छन् । दीपाको यो पोस्टमा थुप्रै ‘ह्याप्पी भ्यालेन्टाइन डे’को शुभकामना दिएका छन् ।
दीपक अहिले पारिवारिक घुमघामका लागि अस्ट्रेलिया पुगेका छन् । दीपाश्री भने काठमाडौँमा छिन् । दीपक र दीपाश्री निरौला सानो पर्दा हुँदै ठुलो पर्दासम्म जमेका जोडी हुन् ।
एक अर्कालाई ‘असल साथी’ बताउने यी दुवैको केमेस्ट्रीको विषयमा बेलाबेलामा गसिप पनि बन्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण