१०० कामदार अनिवार्य पठाउनुपर्ने प्रावधान हटाउन मेनपावर व्यवसायीहरूले लबिङ थाले
काठमाडौँ । वार्षिक कम्तीमा १०० जना कामदारलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने बाध्यकारी व्यवस्था हटाउन व्यवसायीहरूले लबिङ थालेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले विभिन्न राजनीतिक दलका नेता तथा सचेतकहरूसँग भेटघाट गरेर उक्त प्रावधान संशोधन गर्न अनुरोध गरेको हो ।
वैदेशिक रोजगार ऐन, २०७४ को दफा १३ को खण्ड (घ) मा वार्षिक १०० कामदार वैदेशिक रोजगारीमा नपठाउने मेनपावर व्यवसायीको नवीकरण नहुने व्यवस्था छ । उक्त प्रावधान अव्यवहारिक भएको भन्दै मेनपावर व्यवसायीहरूले लामो समयदेखि संशोधन गर्न माग गर्दै आएका छन् ।
२०७५ सालमा ऐन संशोधन गर्दै लगातार दुई वर्षसम्म वार्षिक १०० जना कामदार नपठाउने मेनपावर व्यवसायीको नवीकरण नहुने व्यवस्था गरिएको थियो । उक्त प्रावधान कार्यान्वयनमा जान सकेको छैन । तर, त्यही प्रावधानलाई टेकेर कर्मचारीहरूले चलखेल गर्ने काम गर्दै आएको व्यवसायीहरूको भनाइ छ ।
त्यसलाई हटाउन माग गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौला, सङ्घीय सचिवालय महासचिव पदमप्रसाद पाण्डे, वन तथा वातावरण मन्त्री ऐनबहादुर साही ठकुरी लगायतलाई भेट गरेका हुन् ।
छलफल तथा भेटका क्रममा उक्त प्रावधान छिटोभन्दा छिटो संशोधन गरेर व्यवसायीहरूलाई राहत दिन अनुरोध गरिएको सङ्घका सचिव कर्णराज कटुवालले जानकारी दिए । भेटपछि मन्त्री, नेता तथा संसद् सचिवालयका महासचिवले व्यवसायीका समस्यालाई गम्भीर रूपमा लिँदै उक्त प्रावधान हटाउने आश्वासन दिएका थिए ।
यो कानुनी व्यवस्थाका कारण ४५० भन्दा धेरै व्यवसायीहरू मर्कामा परेको भन्दै सम्बन्धित पक्षहरूले तत्काल संशोधन गर्नुपर्ने सचिव कटुवालले बताए । भेटघाटको क्रममा समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त समेत व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण