कुन स्थानीय तहको कार्यसम्पादन कस्तो ? हेर्नुहोस् सबै स्थानीय तहको रिपोर्ट
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ ।
आयोगको मूल्यांकनमा स्थानीय तहहरूमा डडेल्धुुराको अमरगढी नगरपालिका देशकै उत्कृष्ट पालिका बनेको छ । ७५३ स्थानीय तहमध्ये अमरगढी ८१.७ अंक ल्याउँदै देशकै सबैभन्दा उत्कृष्ट पालिका बनेको हो ।
अमरगढीपछि उत्कृष्ट हुने पालिकामा इलामको सुर्योदय नगरपालिका रहेको छ । सुर्योदयले ८०.२ अंक प्राप्त गरेको हो ।
यसैगरी गाउँपालिकातर्फ स्याङ्जाको कालीगण्डकी गाउँपालिका, धादिङको नेत्रावती डबजोङ गाउँपालिका, स्याङ्जाको आँधीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकालगायत कार्यसम्पादन उत्कृष्ट देखिएका छन् ।
आयोगले कार्यसम्पादनका आधारमा प्रदेश र स्थानीय तहका लागि राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा रोयल्टी बाँडफाँट, सशर्त अनुदानको आधार एवं आन्तरिक ऋणको सीमा निर्धारण गर्ने गर्छ ।
कार्यसम्पादन चित्त नबुझेमा एक हप्ताभित्र पुनरावलोकनका लागि निवेदन दिन पनि आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् रिपोर्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण