डेटिङ
आजकलका ठिटालाई
अनि आजकलका ठिटीलाई
हात हातमा सेलफोनले
भसक्कै बिगार्यो
अझ त्यस भित्र थरीथरीका
आँखालाई झुक्याउने
मनलाई लोभ्याउने
डेटिङ एपले बिगार्यो
अनि यो डेटिङ एपमा
जति जति औँला सार्यो
त्यति त्यति आएको आयै
अनेक पहिरन रूपका
सजिएका शृङ्गारिएका
कति धेरै ठिटा
कति धेरै ठिटी
प्रेम उर्लने उमेरमा
भुलिरहने स्क्रिनमा
एउटासँग कनट्याक्ट
अर्कोसँग कनट्याक्ट
खान पनि बिर्सेर
सुत्न पनि बिर्सेर
यस्तो लाग्ने कि
साँचो प्रेम नै यही हो
एउटासँग नमिले अर्को
अर्कोसँग नमिले अर्को
पसलमा समान छानेजस्तै
यो छान्ने कि उ छान्ने
यो ठिक कि उ ठिक
कोही डेटिङमा छु भन्ने
कोही रिलेसनमा छु भन्ने
कहिले एकजनासँग हिँड्ने
अलिदिन पछि फेरी
अर्को सँग हिँड्ने
‘अस्तिको प्रेमी खै’ भन्यो
‘यो त डेटिङ हो
मन नमिलुन्जेल
एकअर्कालाई नबुझुन्जेल
यसरी नै चलिरहन्छ’
भन्ने जवाफ पाइने
पछि पो थाहा भो
जब सानो-सानो
कुरामा रिस उठ्छ
त्यै कुरा बढेर
झगडा हुन्छ
अनि पो मायालु जोडीमा
ब्रेक हुँदो रहेछ
मुटु चिरा पर्दो रहेछ
अनि बल्ल पो
थाहा पाउँदा रहेछन्
यो त साँचो प्रेम
हैन भनेर
अनि फेरी नयाँ
जोडा जोडी खोज्न
सेलफोनको स्क्रिनमा
डेटिङ एप भित्र
औँला सारेको सार्यै
साँचो माया गर्ने
भेटिने आशामा
खोजिरहँदा रहेछन्
यो डेटिङ त
बिहे नहुन्जेलसम्म
टुङ्गो लाग्दै नलाग्ने
चलेको चल्यै गर्ने
समुद्रभन्दा गहिरो
सगरमाथा भन्दा अग्लो
मायाको भुलभुलैयाको
एउटा मृगतृष्णा रहेछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण