‘दुखी आत्मा’ को सेन्सर : यूएइमा फेल, कतारमा पास
काठमाडौँ । नेपालमा शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दुखी आत्मा’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । हलमा फिल्म हेर्न पुगेका अधिकांश दर्शकले यसको कथावस्तु, कलाकारहरुको अभिनय, प्रस्तुति मन परेको बताए । एउटा नयाँ कथामा फिल्म बनेको भन्दै उनीहरुले सबैलाई हेर्न आग्रह गरे ।
तर, यो फिल्म युएईका दर्शकले भने हेर्न नपाउने भएका छन् । यो फिल्म युएइको सेन्सरमा पास हुन सकेन । युएइमा दुई पटक सेन्सर गर्दा पनि पास नभएकाले रिलिज हुन नसकेको निर्देशक तथा लेखक दीपेन्द्र लामाले जानकारी दिए ।
पहिलो पटक फिल्मको सेन्सर फेल भएपछि केही दृश्य काँटछाँट गर्न लगाइएको थियो । तर, दोस्रो पटक काँटछाँट गरेर सेन्सरमा लैजाँदा पनि फेल भएको निर्माणपक्षले बताएको छ । मिडिया कन्टेन्टको सिमारेखा भित्र नपरेका कारण फिल्म युएइमा पास हुन नसकेको हो । युएइमा ‘युएइ मिडिया काउन्सिलले’ फिल्म हेर्ने नियम छ ।
युएइमा फिल्म पास नभएपछि बहराइनमा पनि रिलिज नहुने पक्का भएको छ । युएइकै सेन्सरको निर्णय बहराइनमा पनि लागू हुने भएका कारण यस्तो भएको हो । तर, यो फिल्म कतारको सेन्सरबाट भने पास भएको छ । विना काँटछाँट फिल्म कतारको सेन्सरबाट पास भएको हो । कतारमा शुक्रबारबाट नै फिल्म लागिरहेको छ ।
दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई लगायतका कलाकारहरुले अभिनय गरेको यो फिल्मले ‘इडी’ रोग लागेका पुरुषहरुको कथा भन्छ । हिमाल कडरिया निर्माता रहेको फिल्ममा सुदिप ढकाल कार्यकारी निर्माता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण