एकीकृत समाजवादीले अध्यादेशमा समर्थन गर्दैन: उपाध्यक्ष खतिवडा
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले भूमिसम्बन्धी अध्यादेश स्वीकृत गराउने सन्दर्भमा आफ्नो दलको समर्थन नरहने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याएर सरकारले गम्भीर कमजोरी गरेको बताए ।
‘संसद्लाई छल्ने, सार्वभौम सांसदको अधिकारलाई समाप्त गर्ने हो भने यो संसद् चाहिँ किन चाहियो ? यस कारण सरकारले गम्भीर कमजोरी गरेको छ,’– उनले भने ।
अध्यादेश ल्याएको सात/आठ दिनपछि संसद्को अधिवेशन बोलाइएको उनले स्मरण गराए । उनले अध्यादेशको सन्दर्भमा नेपाली कांग्रेसको धारणा के हो भन्ने आफूले थाहा पाउन नसकेको बताए । उनले कांग्रेस लुरुलुरु प्रधानमन्त्रीको पछाडि हिँड्न बाध्य भएको हो कि भन्ने आफू र आफ्नो पार्टीको आशंका रहको बताए ।
‘अध्यादेशको सन्दर्भमा नेपाली कांग्रेसको भनाइ के हो ? यसमा मैले सुन्नै पाएको छैन । प्रधानमन्त्री केपी ओलीजीले जबरजस्ती ल्याएर कांग्रेस लुरुलुरु हिँड्न बाध्य हुनुभएको हो कि ? कांग्रेसको समर्थनमा उहाँले विधेयक ल्याउनु भएको नि मलाई थाहा छैन,’– उनले भने ।
उनले अध्यादेशको प्रक्रियालाई समाप्त गरेर विधेयकमार्फत कानुन निर्माणको प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरे । वर्तमान सरकार बनेको सात महिनाको अवधिमा देश र जनताको पक्षमा कुनै पनि गुणात्मक र परिमाणात्मक काम हुन नसकेको तर्फलक्षित गर्दै उनले कांग्रेस र एमालेसहितका दुई तिहाइ बहुमतको सिंहजस्तो सरकारले खाली झिँगा टिपेको जस्तोमात्रै कुरा गरिरहेको टिप्पणी गरे ।
‘यो सिंहजस्तो सरकार खाली सानो–सानो झिँगा टिपेकोजस्तो मात्रै कुराकानी गरिरहन्छ । के प्रगति गर्यो चाहिँ मलाई थाहा छैन,’– उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण