भिडियो कल गरेर सरकारी कर्मचारीहरू बर्खास्त गर्दैछ ट्रम्प प्रशासन
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ठूलो मात्रामा संघीय कर्मचारी कटौती गरिरहेको छ । पछिल्ला केही दिनमा हजारौँ संघीय कर्मचारी बर्खास्त भइसकेका छन् । सञ्चारमाध्यमहरूमा छापिएका खबरका अनुसार माइक्रोसफ्ट टिम्समा भिडियो कल गरेर धमाधम कर्मचारीहरूलाई बर्खास्ती गर्ने काम भइरहेको छ ।
सरकारको यो निर्णयबाट सबैभन्दा बढी प्रोबेशन अवधिमा रहेका कर्मचारीहरू प्रभावित भइरहेको भनिएको छ । यस अभियाना झन्डै २ लाख कर्मचारी निकाल्न सकिने बताइएको छ । शुक्रबारदेखि नयाँ चरणको कर्मचारी कटौती सुरु भएको छ ।
यसमा अमेरिकी सरकारको आन्तरिक विभागबाट लगभग २ हजार ३०० कर्मचारीलाई बर्खास्त गरिएको छ । बर्खास्त गरिएका कर्मचारीहरू सार्वजनिक भूमि, राष्ट्रिय निकुञ्ज र तेल तथा ग्यास भाडाको व्यवस्थापनमा संलग्न थिए ।
ट्रम्प प्रशासनले कर्मचारीहरूलाई आफ्नो बचाउ गर्ने मौका पनि नदिएको र भिडियो कल मार्फत बर्खास्त गरेको बताइएको छ । यसरी कर्मचारीलाई निकाल्ने सरकारको तरिकाको आलोचना भइरहेको छ । धेरै कर्मचारीहरूलाई आफ्ना सामानहरू प्याक गर्न र कार्यालयबाट बाहिरिन केवल ३० मिनेट समय दिइएको छ ।
२०२२ मा एक बेलायती शिपिङ कम्पनीले जुम कलमा आफ्ना ७०० भन्दा बढी कर्मचारीहरूलाई बर्खास्त गरेको थियो । त्यतिबेला कम्पनीको यो कदमको विश्वभर आलोचना भएको थियो ।
कम्पनीविरुद्ध मुद्दा समेत दायर भएको थियो । अब अमेरिकी सरकारले आफ्ना सरकारी कर्मचारीहरूसँग पनि त्यस्तै व्यवहार गरिरहेको छ । अमेरिकी सरकारी कर्मचारी संघकी प्रमुख एभरेट केलीले कर्मचारीहरूको यस्तो कटौतीको कडा निन्दा गरेकी छिन् ।
कर्मचारीहरूलाई हटाउन उचित प्रक्रिया नअपनाइएको आरोप लगाइन् । सरकारको कारबाही विरुद्ध कानुनी विकल्प अपनाउने बारे उनले कुरा गरिन् ।
अमेरिकी खर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागलाई ट्रम्पले प्रशासनलाई दक्ष र प्रभावकारी बनाउने जिम्मा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण