भिडियो कल गरेर सरकारी कर्मचारीहरू बर्खास्त गर्दैछ ट्रम्प प्रशासन

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ठूलो मात्रामा संघीय कर्मचारी कटौती गरिरहेको छ । पछिल्ला केही दिनमा हजारौँ संघीय कर्मचारी बर्खास्त भइसकेका छन् । सञ्चारमाध्यमहरूमा छापिएका खबरका अनुसार माइक्रोसफ्ट टिम्समा भिडियो कल गरेर धमाधम कर्मचारीहरूलाई बर्खास्ती गर्ने काम भइरहेको छ ।
सरकारको यो निर्णयबाट सबैभन्दा बढी प्रोबेशन अवधिमा रहेका कर्मचारीहरू प्रभावित भइरहेको भनिएको छ । यस अभियाना झन्डै २ लाख कर्मचारी निकाल्न सकिने बताइएको छ । शुक्रबारदेखि नयाँ चरणको कर्मचारी कटौती सुरु भएको छ ।
यसमा अमेरिकी सरकारको आन्तरिक विभागबाट लगभग २ हजार ३०० कर्मचारीलाई बर्खास्त गरिएको छ । बर्खास्त गरिएका कर्मचारीहरू सार्वजनिक भूमि, राष्ट्रिय निकुञ्ज र तेल तथा ग्यास भाडाको व्यवस्थापनमा संलग्न थिए ।
ट्रम्प प्रशासनले कर्मचारीहरूलाई आफ्नो बचाउ गर्ने मौका पनि नदिएको र भिडियो कल मार्फत बर्खास्त गरेको बताइएको छ । यसरी कर्मचारीलाई निकाल्ने सरकारको तरिकाको आलोचना भइरहेको छ । धेरै कर्मचारीहरूलाई आफ्ना सामानहरू प्याक गर्न र कार्यालयबाट बाहिरिन केवल ३० मिनेट समय दिइएको छ ।
२०२२ मा एक बेलायती शिपिङ कम्पनीले जुम कलमा आफ्ना ७०० भन्दा बढी कर्मचारीहरूलाई बर्खास्त गरेको थियो । त्यतिबेला कम्पनीको यो कदमको विश्वभर आलोचना भएको थियो ।
कम्पनीविरुद्ध मुद्दा समेत दायर भएको थियो । अब अमेरिकी सरकारले आफ्ना सरकारी कर्मचारीहरूसँग पनि त्यस्तै व्यवहार गरिरहेको छ । अमेरिकी सरकारी कर्मचारी संघकी प्रमुख एभरेट केलीले कर्मचारीहरूको यस्तो कटौतीको कडा निन्दा गरेकी छिन् ।
कर्मचारीहरूलाई हटाउन उचित प्रक्रिया नअपनाइएको आरोप लगाइन् । सरकारको कारबाही विरुद्ध कानुनी विकल्प अपनाउने बारे उनले कुरा गरिन् ।
अमेरिकी खर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागलाई ट्रम्पले प्रशासनलाई दक्ष र प्रभावकारी बनाउने जिम्मा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्ममा लगानीको बाढी : जेठमा निर्माण दोब्बर, ५० करोडको लगानी घोषणा
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
-
विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीको आज पनि प्रदर्शन
-
नेप्सेमा सामान्य गिरावट, कारोबारको उत्साह पनि टिकेन
-
मेलिना र दिनेशको सहकायको ‘नाम के हो नानी’ सार्वजनिक
-
के छ संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधिमा ?