‘सार्वजनिक समारोहमा बेलुनको प्रयोगमा सरकारले अब गम्भीर निगरानी राख्नुपर्छ’
आइतबार, ०४ फागुन २०८१, १३ : ४५

काठमाडौँ । प्रतिनिधिसभा सदस्य देबेन्द्र पौडेलले सार्वजनिक समारोहमा बेलुनको प्रयोगको सम्बन्धमा सरकारले गम्भीर निगरानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । शनिबार पोखरामा भएको घटनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बेलुनको प्रयोगको सम्बन्धमा उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘सार्वजनिक समारोहहरुमा, धार्मिक समारोह, चाडपर्व, विवाह, ब्रतबन्ध, जन्मदिन आदिजस्ता कार्यक्रममा प्रयोग हुने यस्तो प्रकारका बस्तु र सामग्रीहरुको बारेमा सरकारले गम्भीर निगरानी राखेर प्रयोगको प्रसंगमा उचित व्यवस्थापन गर्न पनि सभामुखमार्फत हार्दिक अनुरोध गर्दछु ।’
पोखरामा शनिबार बेलुन पडिकँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : धनराज गुरुङ
-
११ सदस्यीय जुडो टोली भुटान प्रस्थान
-
राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैँ चुप लागेर बस्दैनौँ: सांसद झा
-
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने
-
ट्रम्प रिसाइरहँदा हार्वार्ड विश्वविद्यालयले पाउने भएन कुनै अनुदान
-
जापानमा खोज अनुसन्धान गरिरहेका नेपाली वैज्ञानिक