अब कुन नैतिकताले प्रधानमन्त्री पदमा बस्नुहुन्छ भन्दै प्रभु साहले प्रधानमन्त्रीलाई सोधे सदनमा प्रश्नैप्रश्न
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बसिरहने कुनै नैतिकता नरहेको बताएका छन् । सत्ता साझेदार दलले नै अध्यादेशमा सहमति जनाउन नसक्ने निर्णय गरिसकेको भन्दै उनले अध्यादेश पारित हुन नसकिरहेको अवस्थामा प्रधानमन्त्री पदमा बसिरहन नैतिकताले नदिने बताए ।
आइतबारे प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा १० औँ प्रश्नकर्ताको रुपमा सदनमा खडा भएका उनले ओलीलाई प्रश्नैप्रश्न गरे । उनले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिनेहरुको संख्या कति भन्दै प्रश्न गरे ।
यस्तै उनीहरुको पैतृक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ भन्ने उनको अर्को प्रश्न थियो । ‘गैरआवासीय नेपालीका अवैध सम्पत्तिहरुलाई राज्यको स्वामित्वमा ल्याउन तपाइँले के के गर्नुभयो । खुलेयाम हुण्डीबाट ती अवैध सम्पत्तिहरु विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई हामीले के भन्ने ? सक्षम या असक्षम ?’, उनको प्रश्न थियो ।
उनले अवैध सम्पत्तिलाई स्वदेश फिर्ता ल्याउने तपाईंको योजना के छ ? भन्ने प्रश्न समेत गरे । यस्तै युवाहरु वैदेशिक रोजगारीमा रहेको तर उनीसहरुले पठाउने रेमिट्यान्स सिधै नआइ कालोधनसँग साट्ने काम भएको बताए । ‘आउन त ४० अर्ब रेमिट्यान्स आउनुपर्ने हो। तर यो वर्ष १४ अर्ब मात्रै आउने देखिन्छ । नेपालीले विदेशमा खुन पसिना बगाएको पैसा कालोधनसँग साट्दा प्रम किन चुप छन् ?’, उनले भने । उनले सरकारले कर आतंक मच्चाएको, भारतबाट निम्ता नआउँदा पनि भरत भ्रमणमा जान खोजेको भन्दै प्रधानमन्त्रीमाथि प्रश्नहरु समेत गरे ।
जवाफमा प्रधानमन्त्री ओलीले साहको प्रश्नप्रति आक्रोश पोखे । उनले साहको कतिपय प्रश्नहरु अपमानजनक रहेको समेत बताए । उनले संसदजस्तो गरिमामय ठाउँमा अपमानजक भाषा प्रयोग गरिएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण