प्रदेश सभाका नवनिर्वाचित सभापतिले लिए शपथ ग्रहण
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका अक्कलबहादुर रावल, सामाजिक विकास समितिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकोटा सर्वसम्मत रूपमा चयन भएका थिए ।
यसअघि प्रदेशसभामा चारवटा मात्र विषयगत समिति थिए । तर, भागबन्डा मिलाउनका लागि विशेषाधिकार समिति थप गरिएको थियो। यसअघि निर्वाचित सभापतिहरू मन्त्री बनेपछि तीनवटा समिति लामो समयदेखि नेतृत्वविहीन थिए।
यसअघि विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा एमालेका वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकास समितिमा नेकपा (एकीकृत समाजवादी)की माया पन्त निर्वाचित भएका थिए । विष्टबाहेक अन्य तीन समितिका सभापति मन्त्री बनेपछि ती पद रिक्त भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण