अनेरास्ववियुको अस्कल क्याम्पस कमिटीका सचिव शाही पक्राउ
काठमाडौँ । ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले अनेरास्ववियुको अमृत साइन्स क्याम्पस (अस्कल)को इकाई सचिवलाई पक्राउ गरेको छ । अखिलको क्याम्पस इकाई कमिटीका सचिव गोपाल बहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
शाहीमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । सो घटनामा संलग्न अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पनि यसअघि पक्राउ परेका थिए ।
माघ २४ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले निर्घात कुटपिट गरेका थिए । मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती कुटिएका हुन् ।
आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देलसहित पक्राउ पर्नेको संख्या ४ पुगेको छ । घटनामा संलग्न दुईजना अझै फरार रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् । घटनाबारे प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण