हलेसी बजारमा आगलागी
३ वटा होटल र लघुवित्तको कार्यालयमा पूर्ण क्षति, दमकलबिना आगो निभाइँदै
आइतबार, ०४ फागुन २०८१, २१ : ४५
काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ स्थित हलेसी बजारमा फैलिएको आगोका कारण ३ वटा होटल पूर्ण रूपमा जलेका छन् । स्थानीय पदम राईको हार्डवेयरबाट आगो फैलिएको आगोका कारण सो हार्डवेयरसहित ३ होटल र निर्धन उत्थान लघुवित्तको कार्यालय पूर्ण रूपमा क्षति भएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले रातोपाटीलाई बताए ।
कल्याण होटल र होटल हलेदी दर्शनसहित ३ वटा होटल जलेका छन् । दमकलको अभावमा ट्याङ्करको पानी र जेसीबीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रजिअ कार्कीले जानकारी दिए । प्रजिअ कार्की र डीएसपी प्रतीक विष्ट आगलागी भएको बजारमा पुगेका छन् । कार्कीले भने, ‘आगो नियन्त्रण उन्मुख छ, मानवीय क्षति भएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण