युक्रेनमा सेना पठाउन तयार छन् बेलायती प्रधानमन्त्री, के होला ट्रम्पको योजना ?
लन्डन । अमेरिका यतिबेला रुस र युक्रेनबिचको युद्ध अन्त्य गराउने प्रयासमा छन् । तर यसैबिच बेलायतको एउटा कदमले सो युद्धलाई अझ चर्काउन सक्ने देखिएको छ ।
युक्रेनमा दीर्घकालीन शान्ति ल्याउने हो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भविष्यमा युक्रेनमा अरू आक्रमण गर्नबाट रोक्नुपर्ने स्टार्मरको भनाइ छ । सोमबार पेरिसमा युरोपेली देशका शीर्ष नेताहरूसँग आकस्मिक बैठकमा सहभागी हुनअघि उनले युक्रेनमा बेलायती सेना तैनाथ गर्ने प्रस्ताव गरेका छन् ।
युद्धलाई अस्थायी रूपमा रोकेर फेरि पुटिनले आक्रमण गर्ने स्थिति आउन नहुने उनको भनाइ थियो । बेलायती सेना युक्रेनमा भविष्यमा हुने शान्ति मिसनको अगुवाइ गर्नै नसक्ने गरी थाकेको बेलायती सेनाका पूर्व प्रमुख लर्ड ड्यानटको भनाई आएको केही दिन पछि स्टार्मरलले सेना तैनाथीको कुरा गरेको छन् । व्यापार र अभिव्यक्ति स्वतन्त्रतालाई लिएर बढ्दो ट्रान्सएटलान्टिक तनावको बीचमा स्टारमरले युरोप र अमेरिका बिच पुलको रूपमा काम गर्न चाहेको पनि बताए ।
स्टार्मर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले आयोजना गरेको शिखर सम्मेलनमा भाग लिन पेरिस पुगेका हुन् । यसमा युक्रेन युद्ध अन्त्य गर्न युरोपको भूमिकाबारे छलफल गरिनेछ ।
यो बैठकअघि उनले अन्य युरोपेली देशहरूलाई युक्रेनमा सेना पठाउन दबाब दिएका थिए । युक्रेनलाई सुरक्षा प्रत्याभूति दिन आफ्ना सेना जमिनमा उतार्न तयार र इच्छुक भएको उनले बताएका थिए ।
युरोपेली देशहरूले यस सम्बन्धमा कदम चाल्नुपर्ने तर दिगो शान्तिको लागि अमेरिकी समर्थन र सुरक्षा ग्यारेन्टी आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण