युक्रेनमा सेना पठाउन तयार छन् बेलायती प्रधानमन्त्री, के होला ट्रम्पको योजना ?

लन्डन । अमेरिका यतिबेला रुस र युक्रेनबिचको युद्ध अन्त्य गराउने प्रयासमा छन् । तर यसैबिच बेलायतको एउटा कदमले सो युद्धलाई अझ चर्काउन सक्ने देखिएको छ ।
युक्रेनमा दीर्घकालीन शान्ति ल्याउने हो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भविष्यमा युक्रेनमा अरू आक्रमण गर्नबाट रोक्नुपर्ने स्टार्मरको भनाइ छ । सोमबार पेरिसमा युरोपेली देशका शीर्ष नेताहरूसँग आकस्मिक बैठकमा सहभागी हुनअघि उनले युक्रेनमा बेलायती सेना तैनाथ गर्ने प्रस्ताव गरेका छन् ।
युद्धलाई अस्थायी रूपमा रोकेर फेरि पुटिनले आक्रमण गर्ने स्थिति आउन नहुने उनको भनाइ थियो । बेलायती सेना युक्रेनमा भविष्यमा हुने शान्ति मिसनको अगुवाइ गर्नै नसक्ने गरी थाकेको बेलायती सेनाका पूर्व प्रमुख लर्ड ड्यानटको भनाई आएको केही दिन पछि स्टार्मरलले सेना तैनाथीको कुरा गरेको छन् । व्यापार र अभिव्यक्ति स्वतन्त्रतालाई लिएर बढ्दो ट्रान्सएटलान्टिक तनावको बीचमा स्टारमरले युरोप र अमेरिका बिच पुलको रूपमा काम गर्न चाहेको पनि बताए ।
स्टार्मर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले आयोजना गरेको शिखर सम्मेलनमा भाग लिन पेरिस पुगेका हुन् । यसमा युक्रेन युद्ध अन्त्य गर्न युरोपको भूमिकाबारे छलफल गरिनेछ ।
यो बैठकअघि उनले अन्य युरोपेली देशहरूलाई युक्रेनमा सेना पठाउन दबाब दिएका थिए । युक्रेनलाई सुरक्षा प्रत्याभूति दिन आफ्ना सेना जमिनमा उतार्न तयार र इच्छुक भएको उनले बताएका थिए ।
युरोपेली देशहरूले यस सम्बन्धमा कदम चाल्नुपर्ने तर दिगो शान्तिको लागि अमेरिकी समर्थन र सुरक्षा ग्यारेन्टी आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्ले–अफ चरणमा पुग्न आतुर गुजरातलाई पहिलोपटक उसैको घरमा हराउने धुनमा हैदराबाद
-
‘मकवानपुर महिला गोल्डकप’ आजदेखि, उद्घाटन खेलमा मकवानपुर र चितवन भिड्ने
-
कृषि अनुसन्धान : मनहरीमा चैतेधान परीक्षण
-
विद्यार्थीले देखाए कथा मार्फत समाजको ऐना
-
बजेट कार्यान्वयन : कर्णाली किन सधैँ कमजोर ?
-
उपप्रधानमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटवार्ता