अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न स्वदेश फर्किइन् ‘साम्बा’
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ मा सहभागी हुन राष्ट्रिय टोलीकी प्रभावशाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ सोमबार स्वदेश फर्किएकी छन् । साम्बा फ्रान्समा व्यवासयिक फुटबल खेल्छिन् ।
सावित्रालाई एन्फाका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उक्त प्रतियोगितामा सहभागी हुन राष्ट्रिय टोलीकी गोलरक्षक एवम् कप्तान एन्जिला तुम्बापो सुब्बा यसअघि नै स्वदेश फर्किसकेकी छन् । उनी ग्रिसको क्लब निस एत्रोमितोउबाट व्यवसायिक फुटबल खेल्छिन् ।
_ffYaDxNxh3.jpg)
यसैगरी, प्रतियोगिताका लागि राष्ट्रिय टोलीकी प्रभावशाली खेलाडी रेखा पौडेल पनि दुबईबाट स्वदेश फर्किइसकेकी छन् । प्रतियोगिता सोमबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहेको छ । एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता फिफा इन्टरनेशल विन्डोअन्तर्गत सञ्चालन हुन लागेको हो ।
_rS8BC0dOZN.jpg)
प्रतियोगिताको उद्घाटन खेल सोमबार म्यानमार र लेबननबिच खेलिने छ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो १४ः०० बजे सुरु हुनेछ । सोमबारको दोस्रो खेलमा आयोजक नेपालले किर्गिस्तानको सामना गर्नेछ । नेपाल र किर्गिस्तानबिचको खेल साँझ १८ः०० बजे सुरु हुनेछ ।
एन्फाले प्रतियोगिताका लागि अन्तिम टोलीको घोषणा पनि गरिसकेको छ । टोलीमा गोलरक्षकको भूमिकामा अञ्जली तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ छन् । रक्षापँक्तिमा अमृता जैसी, गिता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन् ।
_8J4w7cgbN9.jpg)
यसैगरी, मध्यपंक्तिमा अनिता बस्नेत, रेणुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, रेणुका हमाल र सुष्मा तामाङ रहेका छन् । अग्रपँक्तिमा भने सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण