अभ्यासका क्रममा भारतीय टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त घाइते
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करण सुरु हुनुअघि भारतीय टोलीका एक प्रभावशाली खेलाडी घाइते भएका छन् । भारतीय टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त घाइते भएका हुन् ।
सोमबार दुबईमा नियमित अभ्यासका क्रममा उनी घाइते भएको समाचारमा जनाइएको छ । अभ्यासका क्रममा उनको घुँडामा चोट लागेको बताइएको छ । यद्दपि, उनको चोट कति गम्भीर हो भन्ने विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले केही बताएको छैन ।
ऋषभ पन्त सन् २०२२ को डिसेम्बरमा दुर्घटनामा परेका थिए । त्यो दुर्घटनामा पनि उनलाई गम्भीर चोट लागेको थियो । त्यतिबेला पनि घुँडामै चोट लागेकाले उनी लामो समय मैदानबाट बाहिर रहेका थिए ।
अहिले फेरि उनको घुँडामै चोट लागेको छ । त्यसैले उनको चोट गम्भीर हुन सक्ने दाबी समाचारमा गरिएको छ । आगामी च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो पहिलो खेल फेब्रुअरी २० तारिखमा बंगलादेशसँग खेल्नेछ ।
Rishabh Pant got hit on his knees 👀
— Nikhil (@TheCric8Boy) February 16, 2025
- hope this is not serious 🙏 pic.twitter.com/Nz4e93Jf1b
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण