यसकारण मुम्बईका कप्तान हार्दिक पाण्ड्याले खेल्न पाउने छैनन् आईपीएलको पहिलो खेल
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करणको खेल तालिका सार्वजनिक भइसकेको छ । आईपीएलको आगामी संस्करण मार्च २२ तारिखदेखि सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेल साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच ईडन गार्डन्समा खेलिने छ । मुम्बई इन्डियन्सले भने आफ्नो पहिलो खेल मार्च २३ तारिखमा चेन्नई सुपर किङ्ससँग खेल्नेछ ।
उक्त खेल चेन्नईमा खेलिने छ । तर, पहिलो खेलमा मुम्बई इन्डियन्स आफ्ना नियमित कप्तान हार्दिक पाण्ड्या बिना नै मैदानमा ओर्लने छ । अघिल्लो सिजनको आईपीएलको अन्त्यतिर एक खेलको प्रतिबन्ध लागेका कारण हार्दिक पाण्ड्याले यो खेल खेल्न पाउने छैनन् ।
सन् २०२४ को आईपीएलमा पनि हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सका कप्तान थिए । त्यतिबेला तीन खेलमा ‘स्लो ओभर रेट’ का कारण उनीमाथि एक खेलको प्रतिबन्ध लागेको थियो । त्यतिबेला उनी प्रतिबन्धमा पर्दा मुम्बई इन्डियन्सले आफ्नो सबै खेल खेलिसकेको थियो ।
त्यसैले हार्दिक पाण्ड्याले अघिल्लो सिजनमा आफूमाथि लागेको प्रतिबन्ध सन् २०२५ को आईपीएलमा भोग्नु पर्ने भएको हो । आगामी सिजनको आईपीएलका खेलहरु भारतको १३ सहरमा खेलिने छ । आगामी संस्करणमा १० वटा टोलीले कुल ७४ खेल खेल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण