यसकारण मुम्बईका कप्तान हार्दिक पाण्ड्याले खेल्न पाउने छैनन् आईपीएलको पहिलो खेल

काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ संस्करणको खेल तालिका सार्वजनिक भइसकेको छ । आईपीएलको आगामी संस्करण मार्च २२ तारिखदेखि सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेल साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच ईडन गार्डन्समा खेलिने छ । मुम्बई इन्डियन्सले भने आफ्नो पहिलो खेल मार्च २३ तारिखमा चेन्नई सुपर किङ्ससँग खेल्नेछ ।
उक्त खेल चेन्नईमा खेलिने छ । तर, पहिलो खेलमा मुम्बई इन्डियन्स आफ्ना नियमित कप्तान हार्दिक पाण्ड्या बिना नै मैदानमा ओर्लने छ । अघिल्लो सिजनको आईपीएलको अन्त्यतिर एक खेलको प्रतिबन्ध लागेका कारण हार्दिक पाण्ड्याले यो खेल खेल्न पाउने छैनन् ।
सन् २०२४ को आईपीएलमा पनि हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सका कप्तान थिए । त्यतिबेला तीन खेलमा ‘स्लो ओभर रेट’ का कारण उनीमाथि एक खेलको प्रतिबन्ध लागेको थियो । त्यतिबेला उनी प्रतिबन्धमा पर्दा मुम्बई इन्डियन्सले आफ्नो सबै खेल खेलिसकेको थियो ।
त्यसैले हार्दिक पाण्ड्याले अघिल्लो सिजनमा आफूमाथि लागेको प्रतिबन्ध सन् २०२५ को आईपीएलमा भोग्नु पर्ने भएको हो । आगामी सिजनको आईपीएलका खेलहरु भारतको १३ सहरमा खेलिने छ । आगामी संस्करणमा १० वटा टोलीले कुल ७४ खेल खेल्नेछन् ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
मन्त्रालयको सिफारिस जाइकाले उल्ट्यायाे, राजनीतिक हस्तक्षेपको आशंका
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री