चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबिच जग्गाका लागि सम्झौता
काठमाडौँ । चलचित्र विकास बोर्डले आउटडोर स्टुडियो निर्माणका लागि धुलिखेल नगरपालिकासँग १३०० रोपनी जग्गाका लागि सम्झौता गरेको छ । सोमबार धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबिच जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको हो ।
नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्यक्रममा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा, उपमेयर निराजन जंगम, चलचित्र विकास बोर्ड सदस्य केवल पीडित, चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्कालगायतको उपस्थिति थियो ।
बोर्ड अध्यक्ष डिसीले जग्गामा बोर्डलेको आउटडोर स्टुडियो निर्माण गर्ने योजना रहेको बताए ।
‘यो स्टुडियो नेपाली चलचित्र उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ’, उनले भने,‘प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर चलचित्र निर्माणलाई सहज बनाउने परिकल्पना छ ।’
नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले चलचित्र क्षेत्रको विकासका लागि धुलिखेल नगरपालिकाले हरतरहले सहयोग गर्ने बताए । आउटडोर स्टुडियो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा विकास गर्ने उनले धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण