प्रधानमन्त्रीले भने– भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेका छौँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेपाली विद्यार्थीको मृत्युबारे सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका हुन् ।
एक जना नेपाली विद्यार्थी भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा मृत फेला परेकी थिइन् । भुवनेश्वरको पाटिया क्षेत्रमा रहेको उक्त होस्टलमा नेपाली विद्यार्थीको शव शंकास्पद अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मृतक विद्यार्थी विश्वविद्यालयको बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल रहेको खुलेको छ ।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबरजस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ,’प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।’
यस्तै राप्रपा लुम्बिनी प्रदेश कमिटीले उक्त घटनाको अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीको दुर्गौलिया नाकामा कार्यरत सई ३० हजार घुससहित पक्राउ
-
ठाकुरराम क्याम्पसको स्ववियु सभापतिमा शेखर पक्षका यादवको प्यानल विजयी
-
कुलमान बर्खास्तीको विरोधमा टुकी बत्ती बालेर प्रदर्शन (तस्बिरहरू)
-
‘वसन्त’ फिल्मबारे के भन्छन् प्रकाश र स्वस्तिमा ?
-
सबैको सहमतिमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन