ट्रेड युनियन आन्दोलनका लागि आत्मसमीक्षासहित नयाँ बहस आवश्यक
नेपालमा शान्ति प्रक्रियाको सुरुवातसँगै दशकौँदेखि हेपिएर रहेको श्रमिक वर्गले आफ्नो अधिकार प्राप्तिका लागि भीषण संघर्ष गरे, फलस्वरूप केही उपलब्धि समेत हात पार्न सफल भए ।
श्रमिकका समस्याको समाधान र हकहितका लागि बनेको ट्रेड युनियन श्रमिक शक्तिका रूपमा स्थापित छ । राज्य सत्तामा वर्गीय पक्षधरता कायम गर्न पनि यसले दीर्घकालीन हिसाबले संगठित शक्तिको उपयोग गर्छ । राज्य व्यवस्था परिवर्तनको आन्दोलनमा ट्रेड युनियनहरू आन्दोलनको मुख्य शक्तिका रूपमा रहेको विगतको जनयुद्ध तथा जनआन्दोलनले पुष्टि गरिसकेका छन् ।
पछिल्लो समय नेपालको ट्रेड युनियन आन्दोलन कुहिरोको कागजस्तो अवस्थामा छ । श्रम बजारमा हेरिनसक्नु समस्या छन्, नेपाली श्रम–बजार रित्तिएसरि युवा तथा दक्ष श्रमिकको विदेश पलायनको क्रम दिन प्रतिदिन बढ्दो अवस्थामा छ । यो दृश्यले राज्य सत्तालाई दुख्छ, न त श्रमिकहरूको मसिहा ट्रेड युनियनलाई । ट्रेड युनियन आन्दोलनहरूले निर्दिष्ट गरेको प्रोजेक्टहरू सञ्चालन गर्ने संरचनामा रूपान्तरण हुँदै गएका छन् । मुद्दाका आधारमा संगठन निर्माण हुने र त्यो मुद्दालाई श्रमिकको हितमा कसरी लागु गराउने भन्ने विषयले प्राथमिकता पाउन छाडेका छन् । दातृ संस्थाहरूले कुन इस्युमा लगानी गर्छन्, त्यसै अनुरूपको एजेन्डा बन्न थालेका छन् । के यस्तो संस्कृतिले नेपाली ट्रेड युनियन आन्दोलनप्रति श्रमिक आश्वस्त हुन सक्छन् ? नेपाली ट्रेड युनियन आन्दोलन मुर्झाउँदै जानुको कारणमध्येको मुख्य कारण हो कि यो ? गम्भीर आत्मसमीक्षा मजदुर संगठनहरूले गर्न जरुरी छ ।
प्रविधिको नवीनतम विकास र विश्वव्यापीकरणले श्रम बजारलाई प्रभावित गरी श्रम बजारमा चुनौती र अवसरसहितका समस्या पैदा गरेका छन् । यस अवस्थामा मजदुर संगठनले श्रमिकसँग अझ बढी अन्तक्र्रिया गरी वास्तविक समस्यासम्म पुग्ने बाटो बनाउन जरुरी छ । श्रमिक संगठन प्रविधिमैत्री बन्न जरुरी छ नै, श्रमिकको आजको समस्या पहिचान गरी त्यसलाई कसरी श्रमिकका पक्षमा समाधान गर्न सकिन्छ, त्यता कार्यक्रम बनाएर लाग्न जरुरी छ ।
प्रविधिको नवीनतम विकास र विश्वव्यापीकरणले श्रम बजारलाई प्रभावित गरी श्रम बजारमा चुनौती र अवसरसहितका समस्या पैदा गरेका छन् । यस अवस्थामा मजदुर संगठनले श्रमिकसँग अझ बढी अन्तक्र्रिया गरी वास्तविक समस्यासम्म पुग्ने बाटो बनाउन जरुरी छ ।
नेपालमा विभिन्न राजनीतिक पार्टीका विचार र कार्यदिशालाई अंगीकार र समर्थन गर्ने झन्डै दुई दर्जन ट्रेड युनियन महासंघ अस्तित्वमा छन् । त्यसमध्ये पाँच–सात वटा महासंघ श्रमिकका बिचमा अस्तित्वमा रहेका छन् भने बाँकी सबै कागजी रूपमा छन् । यस्तै नीतिगत रूपमा श्रमिक पक्षीय हस्तक्षेपका लागि ट्रेड युनियनको संयुक्त फोरम संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लगायत अस्तित्वमा छन् । विभिन्न दातृ संघ–संस्थाले श्रमिकहरूको हकहितका निमित्त ट्रेड युनियनमार्फत सहयोग पनि गरिरहेका छन् । तर यस्ता संयुक्त फोरम श्रमिकका समस्या समाधानका लागि क्रियाशील हुनुभन्दा पनि कसरी परियोजना ल्याउने र सञ्चालन गर्ने भन्ने केन्द्रित देखिन्छन् ।
श्रमिकहरूको माझ अस्तित्व नै नभएका ट्रेड युनियन महासंघहरू ती संयुक्त फोरममा आफूलाई सबभन्दा बढी मजदुर पक्षीय देखाउन उद्यत् रहेका छन् । साथै ठुला ट्रेड युनियनहरू समेत त्यस्ता फोरमलाई श्रमिकमैत्री बनाउनुको साटो परियोजना केन्द्रित मात्र हुँदै गएका देखिन्छन् । श्रमिकका बिचमा रहेका ट्रेड युनियनहरूले श्रमिकहरूसँग अन्तक्र्रिया गरी श्रमिककेन्द्रित कार्यक्रम तय गर्नुपर्ने देखिन्छ । यस्तो कार्यक्रमलाई सबै महासंघहरू सहमत हुन सक्ने संयुक्त फोरममार्फत अगाडि बढाउनुपर्छ । यसो गर्दा कागजी ट्रेड युनियनहरू हराउँदै जानेछन् भने श्रमिकको वास्तविक मुद्दा साझा फोरममार्फत हल गर्न सहज हुनेछ ।
ट्रेड युनियनहरूले श्रमिकको रोजगारीको स्थायित्व तथा नयाँ रोजगारी सिर्जनालाई मुख्य मागका रूपमा उठाउन जरुरी छ । पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकले दशकौँदेखि प्राप्त गर्दै आएको सेवा–शुल्क पुनः प्राप्तिका लागि दरिलो नीतिगत हस्तक्षेप आवश्यक छ । जीवन धान्न पुग्ने पारिश्रमिक वा नेपाल सरकारको श्रेणीविहीन कर्मचारीसरह न्यूनतम पारिश्रमिकको व्यवस्थाका लागि पहल गर्नुपर्नेछ । यस्तै श्रमिक सहुलियत कार्डको व्यवस्था गरिनुपर्छ । नेपाली युवा श्रमिक बिदेसिने तर विदेशी श्रमिक नेपालमा काम गर्ने अवस्थाको अन्त्य गरिनुपर्छ । यस्तै बिदेसिने र भित्रिने श्रमिकको यकिन तथ्यांक राज्यसँग हुनुपर्छ ।
नेपालमै बसेर श्रम गर्न र त्यस्ता श्रमप्रति सम्मानको वातावरण बनाउन ट्रेड युनियन लाग्न जरुरी छ । श्रमिक आपूर्तिकर्ताको नाममा भइरहेका खुलेआम मानव बेचबिखनका विरुद्ध अभियान चलाउनु, सामाजिक सुरक्षाको पूर्ण कार्यान्वयनमा पहल गर्नु, नीतिगत तहमा श्रमिकको प्रतिनिधित्वको सुनिश्चितताका लागि पहल गर्नु आजको ट्रेड युनियनको कर्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण