भारतमा नेपाली छात्राको मृत्यु प्रकरण
नेपाली विद्यार्थीहरूको पक्षमा आवश्यक कदम चाल्न भारत तत्पर : भारतीय दूतावास
सोमबार, ०५ फागुन २०८१, २० : ५०
काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले आफ्नो देशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको पक्षमा आवश्यक कदम तत्पर रहेको जनाएको छ ।
दूतावासले एक विज्ञप्तिमार्फत भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरू दुवै देशबिचको जनस्तरको सम्बन्धको महत्त्वपूर्ण पक्ष भएको जनाएको छ ।
विज्ञप्तिमा ओडिशाको केआईआईटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरिएको छ ।
दूतावासले केआईआईटीका अधिकारीहरूका साथै ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। स्थानीय अधिकारीहरूले यस दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान सुरु गरिसकेको जानकारी गराएको पनि दूतावासले जनाएको छ ।
यस्तै केआईआईटीले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र होस्टेलमै बस्न आग्रह गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण